३ पुस, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांस दिने भएको छ ।
आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट कम्पनीले २० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनाका लागि १.०५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
सञ्चालक समितिको उक्त प्रस्ताव नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि र कम्पनीकौ आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्रै कार्यान्वयन हुन्छ ।
कम्पनीले गत बर्ष १९ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । अहिले कम्पनीको चुक्ता पुँजी २९ करोड ७७ लाख रुपैयाँ छ । वोनस सेयर वितरणपछि पुँजीमा पाँच करोड ९५ लाख रुपैयाँ थपिने छ ।
गत वर्ष पनि कम्पनीले २० प्रतिशत वोनस सेयर दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4