Comments Add Comment

विखण्डनकारी भन्दै ओली कडि्कएपछि भाँडियो ‘निर्णायक’ वार्ता

3-party-meet

५ पुुस, काठमाडौं । नयाँ संविधानका विवादित विषयमा सहमति खोज्न बालुवाटारमा बोलाइएको प्रमुख तीन दलको ‘निर्णायक’ वार्ता एकाएक भाँडिएको छ ।

सत्तारुढ नेपाली कांग्रेस र एमालेले धम्क्याएको र पेल्न खोजेको भन्दै एकीकृत नेकपा माओवादीका नेताहरु बैठक छाडेर हिडेका थिए । स्रोतका अनुसार बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी र मधेसीविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए ।

के हो मोर्चा ? यहाँ धम्की दिएर हुन्छ ? अनि लिपिस्टक पाउडर दलेर के गरेको ?- केपी ओली

बैठकको सुरुवात गर्दै प्रधानमन्त्री सुशील कोइरालाले छिट्टो सहमति गर्न आग्रह गरे । कांग्रेस सभापति समेत रहेका कोइरालाले ‘सहमति नभए कांग्रेस र एमाले प्रक्रियामा जाने र तपाईहरु (माओवादी) आन्दोलनमा जाने होला भन्दै वातावरण विभागेको माओवादी आरोप छ ।

लगतै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले विवादित विषयमा सत्तारुढ दलहरुको प्रस्ताव के हो भन्दै माग गरे । ‘सार्थक वार्ता गर्ने भनेपछि तपाईहरुको सहमतिको प्रस्ताव के हो त’ उनले नेताहरुलाई भने ।

एमाले अध्यक्ष ओलीले कांग्रेस-एमालेको प्रस्ताव मै भन्छु भन्दै बैठकमा धारणा राख्न सुरु गरे ।
राज्य पुनःसंरचना भनेको के हो ? भन्दै ओलीले जातीय आधारमा कुनै हालतमा प्रदेशहरु बनाउन नसकिने बताए ।

‘साम्प्रदायिक, विखण्डनकारी कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन’ ओलीको भनाइ उदृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो ।

मधेसमा चार जना महाधीशले भन्दैमा हुन्छ ?

ओलीले मधेसवादी दलहरुका नेताहरुलाई तथाकथित मठाधीशको सज्ञा दिएका छन् । आक्रामक रुपमा प्रस्तुत भएका ओलीले तराई र पहाडलाई छुट्टाएर प्रदेशहरु बनाउन नसक्ने भन्दै ‘चार जना तथाकथित मठाधीशहरुले भन्दैमा चल्छ ?’ भनी प्रतिप्रश्न समेत गरेका छन् ।

उनले पद्मरत्न तुलाधरको नेतृत्वमा शुक्रबार राजधानीमा भएको मार्चपासप्रति व्यंङ्ग गरेका छन् । तुलाधरको नाम नलिइ ओलीले ‘लिपिस्टक पाउडर दलेर के गरेको ? बन्द गर्नुस्’ भन्दै चेतावनी लिएका छन् ।

तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले १४ प्रदेशको माग गरेको तर्फ संकेत गर्दै ओलीले ओलीले अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना समितिको प्रतिवेदन अब काम नलाग्ने बताए ।

आफूहरुको प्रस्ताव यही हो यसमा सहमत भए आउनुस्, नभए प्रक्रियामा जान्छौं भनेपछि माओवादीले नेताहरुले बैठक बहिस्कार गरेका छन् ।

‘उहाँ (ओली) ले अमूर्त, धम्कीपूर्ण, व्यांग्यात्मक र निषेधकारी अभिव्यक्ति दिनु भएपछि छलफलको अर्थ रहेन’ एक माओवादी नेताले अनलाइनखबरसँग भने ।

बैठकमा प्रचण्डले सहमति गर्न नभइ धम्कीका लागि बोलाइएको हो भन्दै कांग्रेस र एमालेले संविधान नै बनाउन नचाहेको वा पेलेर जान खोजेको भन्दै त्यो आफूहरुलाई अस्वीकार्य हुने बताए ।

बैठकपछि कसले के भने ?

बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने-‘धम्की दिएर देशलाई चलाउनुस् भन्ने नठान्नुस् । संविधानको नाममा देशलाई मुडभेडको दिशातिर लैनाँदै हुनुहुन्छ । यो हामीलाई स्वीकार्य छैन भनेर हामीले हाम्रो कुरा राखेका छौं ।’

एमाले अध्यक्ष ओलीले माओवादी नेताहरुले धम्क्याउने, रिसाउने र थर्काउने काम गरेको आरोप लगाए । उनले भने-‘आफ्ना कुरा अरुले मान्नैपर्छ । अरुलको कुरा सुन्न पनि हुँदैन भन्ने चरित्र उहाँहरुले देखाउनु भयो ।’

संविधान र नियमावली अनुसार अघि बढौं भन्दा पनि माओवादी तयार नभएको उनले बताए । भने-‘हामीले विभिन्न विकल्प दियौं । तर, उहाँहरु आफ्ना कुरा राख्न होइन निहुँ खोज्न मात्र आउनु भएको जस्तो लाग्यो ।’

उनले ट्वीट गर्दै अब सहमतिको सम्भावना सकिएको समेत बताएका छन् ।

‘साम्प्रदायिक, विखण्डनकारी कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन’ ओलीको भनाइ उदृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो ।

यस्तै एमाले वरिष्ठ नेता झलनाथ खनालले माओवादी नेताहरुको व्यवहारले आफूहरु आश्चर्यमा परेको बताए । सहमतिका लागि अझै प्रयास गर्ने र नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्न उनले बताए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कोइराला र ओलीले विभिन्न विकल्पहरु राखिरहेका बेला माओवादी नेताहरु हामीलाई पेल्न नखोज्नुस् भन्दै उठेर हिडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment