Comments Add Comment

समेस्टरमा विद्यार्थी पाउनै मुश्किल

८ पुस, काठमाडौ । त्रिभुवन विश्वविद्यालयले उत्साहका साथ अघिल्लो वर्षदेखि सेमेस्टर प्रणाली सुरु गरे पनि आधा दर्जन केन्द्रीय विभागमा विद्यार्थी पाउन मुश्किल परेको छ ।

शिक्षाशास्त्र संकायका सहकायक डिन नेत्र धितालका अनुसार राजनीतिशास्त्रमा विद्यार्थी नै भर्ना भएनन् भने शिक्षाशास्त्र संकायको इतिहास विषयमा विद्यार्थी भर्ना भएका थिए । तर, तीनैजनाले परीक्षा दिएनन् । अन्य केही विषयमा समेत विद्यार्थी संख्या न्यून छ । शिक्षाशास्त्र संकायका गणित, नेपाली तथा अंग्रेजी विषयमा भने विद्यार्थी संख्या धेरै हुने गरेको छ, नयाँ पत्रिकामा खबर छ ।

मानविकी संकायमा पनि केही विषयमा विद्यार्थी संख्या निकै न्यून छ । मानविकी संकायका डिन चिन्तामणि पोखरेलले मानविकी संकाय अन्तर्गतका केही विभागमा विद्यार्थी अवस्था अत्यन्त न्यून रहेको जानकारी दिए ।
मानविकी संकायका इतिहास र हिन्दी विषयमा पहिलो सेमेस्टरमा एक/एकजनामा विद्यार्थी भर्ना भएका थिए ।

भाषाविज्ञान, बुद्धिष्ट अध्ययनमा १० र संस्कृतमा सात विद्यार्थी छन् । तर मानविकी संकायकै अंग्रेजी, नेपाली, अर्थशास्त्र र समाजशास्त्र तथा मानवशास्त्रमा विद्यार्थी चाप धेरै हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment