+
+
Shares

कुन फिल्म चल्दैछ ? कुन फिल्म आउँदै छ ? अब मोबाइलमै थाहा पाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ८ गते ९:१४

so time 1
सिर्जनशील एप्स विकासमा सक्रिय सिरान टेक्नोलोजीले सिनेमा मन पराउने उपभोक्ताका लागि नयाँ एप्स ‘सोटाइम’ निर्माण गरेको छ ।

यो एप्सले नेपालका प्रमुख सिनेमा हलमा चलिरहेका र आउने सिनेमाका विषयमा अद्यावधिक जानकारी दिने छ ।
एप्समा नयाँ सिनेमाको सोटाइम, रिभ्यु, पि्रभ्यु, रेटिङ, ट्रेलर हेर्न सकिनेछ । यो एप्सबाट अनलाईन र फोनमा टिकट बुकिङ गर्न सकिने सुविधा कम्पनीले जनाएको छ ।
शोटाइम एप्समा आफुलाई मन परेको तर भबिष्यमा रिलिज हुने फिल्मलाई वाच लिष्टमा राख्ने सुबिधा पनि छ ।
नेपालमा पहिलोपटक निर्माण भएको शोटाइम एप्स सुधार गर्दै जाने सिरान टेकका प्रमुख कार्यकारी अधिकृत सजत श्रेष्ठले जानकारी दिए । ‘नजिकको हलको टिकट खरिद गर्न र सिनेमा हेरेपछि रिभ्यु लेख्न मिल्नेगरी सुबिधा थप्दैछौं’ उनले भने ।
तत्कालका लागि एन्ड्रोइड प्लेटर्फमममा मात्र उपलब्ध यो एप्स डाउनलोड गर्न गुगल प्लेस्टोरमा जानुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?