+
+
Shares

विहानी सेवाका सरकारी कार्यालय सुनसान

८ पुस विराटनगर । सर्बसाधारणलाई सेवा दिन भनेर कर्मचारीहरु विहानै कार्यालय पुगे पनि हाई काढेर समय बिताउनु परेको छ । किनकी सेवाग्राहीका लागि भनेर विहानदेखि कार्यालय खोले पनि सेवाग्राही नै आउँदैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ८ गते १६:१०

biratnagar-2ध्रुव भट्टराई

८ पुस विराटनगर । सरकारी कार्यालयहरु प्रायः सबैमा सेवाग्राहीको भीड लाग्छ । त्यही भीडभाड हुने सरकारी कार्यालयहरुमा सरकारले विहान ६ बजेदेखि साँझ ६ बजेसम्म १२ घण्टे सेवा सुरू गर्‍यो ।

तर, सर्बसाधारणलाई सेवा दिन भनेर कर्मचारीहरु विहानै कार्यालय पुगे पनि हाई काढेर समय बिताउनु परेको छ । किनकी सेवाग्राहीका लागि भनेर विहानदेखि कार्यालय खोले पनि सेवाग्राही नै आउँदैनन् ।

मोरङको विराटनगरमा रहेका जिल्ला प्रशासन, मालपोत, नापी लगायतका कार्यालयमा विहानी सेवा सुरु भएको एकसाता वितिसक्दा पनि सेवाग्राहीको अभाव छ ।

‘कर्मचारीहरु विहानै कार्यालय पुग्छन् तर सेवाग्राहीको उपस्थिति छैन,’ प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भने । प्रचार प्रसारको कमी तथा जाडोका कारण कार्यालयमा सेवाग्राहीको अभाव भएको प्रजिअ कार्कीको ठम्याइ छ ।

biratnagarनापी कार्यालयका निमित्त कार्यालय प्रमुख भिमबहादुर कार्कीका अनुसार सामान्यत विहानी सेवाको ९ बजेसम्म कार्यालय सुनसान हुने गरेको छ । विहानमा भन्दा साँझमा सेवाग्राहीको भिडभाड बढी हुन्छ ।

मालपोत कार्यालयका नासु वासुदेव पौडेलले भने, ‘सेवाग्राही नआएपछि अघिल्लो दिनको काम गरेर समय बिताउनु पर्ने अवस्था छ ।’

कर्मचारी समयमा आउँदैनन्

विहानी सेवा सुरु भएका अधिकांश कार्यालयका कर्मचारीहरु समयमा कार्यालय पुग्दैनन् । विहान ६ बजे कार्यालय पुग्नुपर्ने भएपनि सेवाग्राही नआउने वहानामा कर्मचारीहरु विहान ९ बजे मात्र कार्यालय आउने गरेका छन् ।

विहानी सेवा शुरु भएका कार्यालयमा अनलाइनखबर प्रतिनिधि पुग्दा जिल्ला प्रशासन कार्यालयमा विहानी सेवामा ५ जना कर्मचारी मात्र थिए ।

जिल्ला प्रशासन कार्यालयमा विहानी सेवाका लागि २ जना नागरिकता फाँटमा, ३ जना राहदानी र नागरिकता प्रतिलिपीमा १ जना कर्मचारी खटाइएको छ ।

gautamraj-amatyaसबैभन्दा बढी कर्मचारी परिचालन गरिएको मालपोत कार्यालयका अधिकृत गौतमराज अमात्य नै अनुपस्थित थिए । मालपोत कार्यालयमा ११ जना कर्मचारी विहानको सिफ्टमा कार्यरत छन् । मोठमा ९ र रजिष्ट्रेशनमा २ जना कर्मचारी खटाइएको छ । तर कार्यालयका सम्वन्धीत फाँटका अधिकांश कर्मचारीको कुर्सी खाली थिए ।

यता नापी कार्यालयमा ९ बजेपछि धमाधम विहानी सिफ्टका कर्मचारी कार्यालय प्रवेश गर्दै थिए । उनीहरु ९ बजे कार्यालय प्रमुखको कार्यकक्षमा रहेको हाजिरी खातामा सही गर्दै आफ्नै उपस्थिति जनाउँदै थिए । निमित्त कार्यालय प्रमुख भिमबहादुर कार्कीले भने ति कर्मचारीहरु विहानी सिफ्टको नभइ दिउँसोको सिफ्टका भएको बताए ।

उनले अर्थ मन्त्रालयले विहानी सिफ्टमा कार्यरत कर्मचारीलाई खाजा भत्ता दिने बताए पनि अहिलेसम्म सर्कुलेशन नआएकाले विहानी सिफ्टमा कुन कुन कर्मचारी कसरी परिचालन गर्न भन्ने समस्या भएको बताए । मालपोत कार्यालयमा विहानी सिफ्टका लागि ४ जना कर्मचारी कार्यरत छन् ।

कारवाही गर्ने चेतावनी

प्रमुख जिल्ला अधिकारी कार्कीले विहानी सिफ्टमा कार्यरत कर्मचारीमा यसअघि खाना खाएर आउने संस्कार रहेकाले कार्यालय समयभन्दा केही ढिलो आएको हुन सक्ने बताए । उनले ढिलो कार्यालय आउने कर्मचारीहरुलाई कारवाही गर्ने चेतावनी दिए ।

‘हामी अनुगमन पनि थाल्दै छौं, कर्मचारी ढिलो कार्यालय आएको पाइएमा उनीहरु कावाहीको भागिदार हुनु पर्छ, प्रजिअ कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?