Comments Add Comment

‘मुर्गा’ बन्ने क्रम बढेपछि बोर्डले काउन्सिलिङ गर्ने

film-bikash-board
विश्वमा सबैभन्दा अप्ठ्यारो काम चलचित्र बनाउनु हो । तर, नेपालमा सबैभन्दा सजिलो काम नै चलचित्र निर्माण र निर्देशन बनेको छ । मेकर र निर्माताको भिन्नता छुट्टयाउन नसक्दा नेपालमा आवश्यकता भन्दा धेरै चलचित्र बनिरहेका छन् ।

नेपाली चलचित्रमा नयाँ निर्मातालाई ‘मुर्गा’ पनि भनिन्छ । चलचित्र क्षेत्र र बजार नै नवुझी लहडमा चलचित्र बनाउनेहरुका कारण पनि यो क्षेत्र सुस्त बनेको छ । यही कुरालाई ध्यानमा राख्दै चलचित्र विकास बोर्डले ‘परामर्श डेस्क’को सुरुवात गर्न लागेको छ ।

बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलका अनुसार शुक्रबार बोर्डको बैठकले पारित गरेपछि यो काम सुरु हुन्छ । चलचित्र निर्माण तथा निर्देशन गर्न आउने नयाँ अनुहारलाई बोर्डले काउन्सिलिङ गर्नेछ । परमार्श कक्षमा अहिलेसम्म चलेका चलचित्र, हल संख्या, चलचित्रको कलेक्शन, निर्माताले पाउने शेयर लगायतका विवरण राखिनेछ ।

सदस्य दर्पणले नेपालमा ‘मुर्गा’ बनाउने चलन चलेकाले काउन्सिलिङ कक्ष स्थापना गर्नुपरेको खुलाए । चलचित्र बनाउन इजाजत लिनु अघि उनीहरुलाई परामर्श दिइनेछ । यो काउन्सिलिङ हलमा प्रदर्शन हुने चलचित्रका लागि मात्र लागू हुनेछ ।

यसपछि चलचित्र विकास बोर्डले अझ कडा मापदण्ड ल्याउने तयारी समेत गरेको छ । यस बिषयमा चलचित्र क्षेत्रका सरोकारवाला निकायसँग कुरा भैरहेको सुरेशले बताएका छन् । अध्यक्ष धमेन्द्र मरवैताको कार्य अवधी सकिन महिना दिन मात्र बाँकी रहँदा बोर्डले यस्तो कदम चाल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment