
१० पुस, काठमाडौं । नेपाल मामिला सम्वन्धि जानकार चिनियाँ विदेशमन्त्री वाङ यी विहीबार नेपाल आएका छन् । सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी मध्यान्ह काठमाडौं आएका हुन् ।
नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटमा पछिल्लो राजनीतिक अवस्था, नेपालको संविधान निर्माण प्रक्रियालगायत विषयमा छलफल हुने छ ।
संविधान निर्माणको क्रममा राजनीतिक दलहरुबीच दुरी बढिरहेकोबेला छिमेकी मुलुक चीनबाट भएको उच्चस्तरीय भ्रमणलाई चासोका साथ हेरिएको छ । यद्यपी भारतको प्रभाव बढि हुने नेपालमा चिनियाँ विदेशमन्त्री यीको भ्रमणको जादू चल्छ कि चल्दैन त्यो भने हेर्न बाँकी छ ।
यीले शुक्रबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग होटल सोल्टीमा दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसैगरी चीनको सहयोगमा निर्मित नयाँबानेश्वरमा रहेको निजामति अस्पताललाई विभिन्न सामगि्र हस्तान्तरण गर्ने र बलम्बुमा बन्न लागेको सशस्त्र प्रहरीको तालिम केन्द्र शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।
प्रतिक्रिया 4