Comments Add Comment

स्थानीयले पाए १२ लाख कित्ता सेयर, ९७ दिनपछि मिल्याे भोटेकोशी विवाद

Bhotakoshi joint press meet

१० पुस काठमाडौं । स्थानीय जनतालाई चुक्ता पुँजीको ६ प्रतिशत अर्था १२ लाख कित्ता सेयर दिनेगरी ४५ मेगावाट विद्युत उत्पादन क्षमताको भोटेकोशी जलविद्युत आयोजनाको विवाद मिलेको छ ।

बुधरबार राती स्थानीय ११ बजे राजनीतिक दल, संघर्ष समिति र प्रवर्द्धक कम्पनीबीच सिन्धुपाल्चोकबासीलाई ६ प्रतिशत सेयर दिने सहमति भएको हो ।

बिहीबार राजधानीमा संयुक्त पत्रकार भेटघाट गरी विवाद सुल्भिmएको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा आयोजनाका अध्यक्ष सिद्धार्थ समशेर राणा, प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापति, स्थानीय नेताहरु अमृत बोहोरा (एमाले), मोहन बस्नेत (कांग्रेस), माधव सापकोटा (एमाओवादी), राप्रपा र नेकपा मओपादीका नेता र संघर्ष समिितका अध्यक्ष दिपेन्द्र श्रेष्ठ उपस्थित थिए ।

कार्यक्रममा सभासदसमेत रहेका कांग्रेस नेता बस्नेतले जनताहरु आफ्नो अधिकारमा सुसूचित भएकाले अधिकार खोजेको बताए ।

‘राजनीतिमै स्थानीयले अधिकार पाउनुपर्न भन्ने राष्ट्रिय बहस चलिरहेका बेला स्थानीय प्राकृति स्रोतमाथिको अधिकार माग्नु अस्वभाविक होइन’ उनले भने ।

लगानीकर्ता र स्थानीयबासीबीच सौहार्दपूर्ण वातावरण बन्यो भने मात्रै परियोजना निर्माणमा अवरोध उत्पन्न नहुने बस्नेतले बताए । आयोजना समयमै बने लागत घट्ने उनको भनाई थियो ।

‘हामी यो विषयलाई लिएर देशका अन्य स्थानमा पनि जान्छौं’ उनले भने ।

एमाले नेता बोहोराले स्थानीय स्रोतमा अधिकार माग्नुलाई अन्यथा ठान्नु नहुने बताए ।

एमाओवादीका सिन्धुपाल्चोक अध्यक्ष सापकोटाले ढिलै भएपनि राम्रो निर्णय भएको बताए ।

राप्रपाका रमेश लामाले स्थानीयलाई ६ प्रतिशत दिने सहमति स्वागतयोग्य भएको बताए ।

संघर्ष समतिका अध्यक्ष श्रेष्ठले संविधानमा अधिकारको सुनिश्चित नहुँदा स्थानीयले आन्दोलन गर्नु परेको र आयोजनाले दुख पाएको बताए । ‘अब बन्ने संविधानमा स्थानीयको अधिकारको बारेमा प्रष्ट उल्लेख होस’ उनले भने -यो राजनीतिक दलहरुको जित नभई स्थानी जनताको जित हो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत प्रजापतिले अब स्थानीयबासी र राजनीतिक दलहरुले पूर्णरुपमा सहयोग गर्नुपर्ने बताए । ९७ दिन अवरोध हुँदा आयोजनाले १ अर्ब २० करोड रुपैयाँ क्षति व्यहोरेको उनले जानकारी दिए ।

स्थानीयबासीहरुले सेयर माग गर्दै ९७ दिनदेखि जुरे पहिरोले बगाएका पोलहरु पुनःनिर्माणमा अवरोध गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment