+
+

माओको पोष्टरमा विप्लवको फोटो

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ११ गते १२:१५

११ पुस, काठमाडौ । महत्वाकांक्षी मानिने माओवादी नेता नेत्रविक्रम चन्दले माओको पोष्टरमा आफ्नो पनि तस्वीर राखेर राजधानीभरि पोष्टरिङ गराएका छन् ।

biplov-mao

माओ दिवसका अवसरमा सडकका भित्ताहरुमा टाँसिएको पोष्टरमा विप्लवले पनि माओले जस्तै हात उठाएका छन् । फरक एउटामात्रै छ, माओले विप्लवको जस्तो मुठ्ठी पारेका छैनन् ।

प्रचण्ड र बाबुरामको फोटोकाण्ड

Prachanda-Baburamमाओवादीले ०५२ सालमा जनयुद्ध प्रारम्भ गर्दा पहिलो पोष्टरमा प्रचण्डको तस्वीर थिएन । त्यसबेला माओवादीका विषयमा मिडियामा चर्चा हुनासाथ डा. बाबुराम भट्टराईको दाह्री पालेको तस्वीर सार्वजनिक रुपमा आउँथ्यो । प्रचण्डको भने तस्वीर ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनताका मात्रै सार्वजनिक भएको हो ।

पार्टीमा प्रचण्डको साटो बाबुरामको मात्रै तस्वीर सार्वजनिक हुँदा प्रचण्ड स्थापित नभएको र बाबुराम हिरो भएको भन्दै प्रचण्डको तस्वीर प्रचार गर्न थालिएको थियो ।

जनयुद्ध अघि बढ्दै जाँदा प्रचण्डको तस्वीर हरेक ठाउँमा प्रयोग गर्न थालियो । कम्युनिष्ट नेताहरुको तस्वीरसँगै प्रचण्डलाई माओसँगै जोडेर राख्न थालियो ।

अहिले एमाओवादीबाट अलग्गिएको वैद्य माओवादीले व्यक्तिलाई ‘हाइलाइट’ गर्ने प्रचण्डकाली नीति लिएको छैन । तर, विप्लव समूहले भने माओ र विप्लवलाई एउटै पोष्टरमा प्रस्तुत गरेर सामुहिक नेतृत्वमा भन्दा व्यक्तिलाई बढी देवत्वकरण गर्ने नीति अघि सारेको चर्चा माओवादीभित्र हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?