Comments Add Comment

सुन ओसार्न गुप्तांगदेखि मोबाइलसम्मको प्रयोग

goldfinal
१३ पुस, काठमाडौं । जेठ ३० गते। बेलुका ११:४५ इन्डिगो एयरको उडानमा दिल्लीबाट तीन भारतीय नागरिक त्रिभुवन विमानस्थल अवतरण गरे। विदेशबाट आउने यात्रु नियालिरहेका विमानस्थल प्रहरीले देखे–ती यात्रुले केही अस्वाभाविक शारीरिक हावभाव देखाइरहेका छन्। स्वभावैले प्रहरी शंकालु बने र तत्कालै सतर्क भए।
भरतजर गुडास, पीताम्बर डोडेजा र गिरीश श्रीचन्दलाई ‘शंकास्पद’ भन्दै विमानस्थलमा खटिएको लागुऔषध नियन्त्रण ब्युरो टोलीले नियन्त्रणमा लिएको नागरिकमा खबर छ ।

प्रहरीको आशंका थियो– पक्राउ परेका तीनै जनाको पेटमा केही गडबड छ। तत्कालै उनीहरुलाई तातोपानी पिउन भने। तर तीनै जनाले अस्वीकार गरेपछि शंका झन् बलियो भयो।
लागुऔषध कारोबारीले सुरक्षाकर्मीलाई छल्न हेरोइन क्याप्सुल निलेर वारपार गरिरहेको भेटेका प्रहरीले यिनलाई त्यही आँखाले हेरेका थिए।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा एक्स–रे गराउँदा नतिजा शंका गरेभन्दा फरक निस्कियो। एक्स–रेमा उनीहरुका पेटभित्र चक्की देखियो। चिकित्सापद्धति अनुसार निकाल्दा त परिणाम फरक पो निस्कियो।
पेटमा त सुनका चक्की पो रहेछन्।

‘पेटबाट सुन निकाल्न चार घन्टा लाग्यो,’ विमानस्थलका तत्कालीन सुरक्षा प्रमुख यादव अधिकारीले घटना सुनाए, ‘यतिसम्म गरेर सुन ल्याउलान् भन्ने लागेको थिएन।’
भन्सार छलेर विभिन्न देशबाट काठमाडौं सुन ल्याउन सक्रिय तस्करले स्थलमार्ग र हवाइमार्ग उपयोग गर्दै आएका छन्, तस्करीका तरिका भने फरक–फरक छन्।
गुप्तांगदेखि जुत्तासम्म सुन
सुरुमा खासा हुँदै स्थलमार्गबाट सुन काठमाडौं भित्रिँदा कारोबारीले खासा–काठमाडौं चल्ने कन्टेनरको उपयोग गर्दै आएका थिए। खासा–काठमाडौं हुँदै भारी मात्रामा सुन भारत जान थालेपछि प्रहरीले कन्टेनरमा निगरानी बढायो। त्यसयता उनीहरु निजी गाडी, मोटरसाइकल हुँदै व्यक्तिलाई भरिया बनाउन सक्रिय हुँदै तिघ्रामा टेपले सुन बेर्नेदेखि महिलाको गुप्तांगमा समेत सुन लुकाएर ओसार्न थाले।
कन्टेनरमा फल्स बटम बनाएर सुन ल्याउँदा इलाका प्रहरी कार्यालय, बाह्रबिसे, जिल्ला प्रहरी कार्यालय, काभ्रेदेखि केन्द्रको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसम्म सक्रिय भएपछि पक्राउको क्रम ह्वात्तै बढ्यो।
२०७० असार २३ मा ब्युरोले खासाबाट आएको बा३ख २५७० नम्बरको कन्टेनर नियन्त्रण लिएर जाँच गर्दा ३५ किलो सुन फेला पारेपछि तस्कर समूह विकल्प खोज्दै साना निजी सवारीसाधनमा सक्रिय भयो।
उनीहरुले यात्रु बोक्ने सार्वजनिक सवारीसाधन, टाटासुमो, निजी गाडीदेखि मोटरसाइकलसम्म प्रयोग गरे। यी सबै सवारीसाधनमा उनीहरुले फल्स बटमकै उपयोग गर्दै आएका थिए। नयाँ तरिका सार्वजनिक भएपछि उनीहरुले तस्करीको विधि बदल्न थाले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment