Comments Add Comment

शाओमीको बजार मूल्य ४५ अर्ब डलर, थप एक अर्ब डलर लगानी जुट्यो

Xiaomi-1चिनियाँ एप्पलका नामले परिचित बिश्वकै तेस्रो स्मार्टफोन निर्माता शाओमीको बजारमूल्य ४५ अर्ब अमेरिकी डलर पुगेको छ ।
शाओमीले नयाँ चरणको बजार बिस्तारका लागि हालै सम्पन्न फण्ड रेजिङका दौरान लगानीकर्ताहरुले शाओमीको मूल्याङ्कन ४५ अर्ब डलर गर्न सहमत भएका हुन् ।
सोही मूल्याङ्कन बमोजिम लगानीकर्ताहरुले नयाँ चरणको बजार विस्तारका लागि १ अर्ब ११ करोड अमेरिकी डलर लगानी गर्ने भएका छन् ।
हालै सम्पन्न फण्ड रेज प्रोग्राम अन्र्तगत १.१ अर्ब अमेरिकी डलर संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ली जुनले जानकारी दिए ।
अल स्टार इन्भेष्टमेन्ट कम्पनीको अगुवाईमा भएको लगानी बृद्धि अभियानमा अलिबाबा कम्पनीका प्रर्बद्धक ज्याक माको कम्पनीले पनि शाओमीमा लगानी गरेको छ ।
४५ अर्ब डलर मूल्याङ्कनसँगै शाओमी बिश्वकै मूल्यवान ब्राण्डको सूचीमा पर्न सफल भएको छ । यो मूल्याङ्कन बिश्वकै नम्बर एक कम्प्युटर निर्माता लेनोभोकोभन्दा झण्डै तीन गुणा बढी हो ।
कम्पनीको मूल्याङ्कन र नयाँ चरणको लगानीयोग्य रकम संकलनबाट शाओमीको बृद्धि र विस्तारप्रति लगानीकर्ता निकै आशाबादी रहेको पुष्टी भएको छ ।
उत्पादन थालेको चार बर्षको अबधिमै शाओमी चीनको नम्बर एक र बिश्वकै तेस्रो स्मार्टफोन निर्माता बन्न सफल भएको छ । हालै मात्र भारत, इन्डोनेसिया लगायतका ठूलो जनसंख्या भएका बजारमा प्रवेश गरेको शाओमीले अझै बिश्वबजारमा आफूलाई स्थापित गर्ने योजना बनाइरहेको छ ।

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment