डिसी । एनआरएनमा सदस्यता वृद्धि गर्ने उद्देश्य अनुरुप अमेरिकाको एटलान्टामा समुदायका सदस्यहरुबीच छलफल भएको छ । एनआरएन अमेरिकाको सदस्यता वितरणको म्याद नजिकिदै गर्दा सदस्यता वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको जानकारी गराईएको छ ।
अमेरिकामा रहेका नेपाली समुदायको आवाजलाई नेपाल सरकारसँग पुर्याउन गैरआवासीय नेपाली संघले बिगतदेखि नै ठूलो भूमिका खेलेकोले सबैजना यस संस्थाभित्र आबद्ध हुन् भन्ने हेतुले भेटघाट कार्यक्रमको आयोजना गरिएको एनआरएन आईसीसी सदस्य राजा घलेले बताए ।
केही महिनापछि एनआरएन अमेरिकाको निर्वाचन पनि हुने भएकोले धेरै भन्दा धेरै सदस्यता बनाउन प्रयास गरिएको हो भनि एनआरएन अमेरिकाका उपाध्यक्ष श्री पराजुलीले बताए । कार्यक्रम हिमालयन स्पाइस चमेना गृहमा ८ बजे देखि राति ११ बजे सम्म चलेको थियो ।
प्रतिक्रिया 4