+
+
Shares

यो बर्षका सुपर फ्लप स्मार्टफोनहरु

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १६ गते ८:२०

वर्ष सन् २०१४ मा स्मार्टफोन उद्योगमा धेरै ब्लकबस्टर प्रडक्टहरु देखा परे । ती स्मार्टफोनहरु केवल समाचारका विषय मात्र बनेनन् समालोचक तथा प्रयोगकर्ताहरुको समेत रोजाइमा पर्न सफल भए ।
ती सफल प्रडक्ट मात्र होइन, यो वर्ष कतिपय सुपर फ्लप स्मार्टफोन समेत देखा परे जो उपभोक्ताको अपेक्षा पूरा गर्न असफल रहे । सन् २०१४ मा सबैभन्दा बढि असफल बनेका १० मोबाइल यस्ता छन् –

flup
१. अमेजन फायर फोन– स्मार्टफोन जगतमा अमेजनको डेब्यु फोनको रुपमा रहेको फायर फोन प्रविधि उद्योगको इतिहासमै सबैभन्दा ठूलो असफलताको उदाहरण बन्यो । विभिन्न खाले नयाँ फिचर्स तथा सुविधाहरुका बाबजुत पनि यो फोन उपभोक्ताको रोजाइमा पर्न सकेन । यसको असफलताको एक कारणको रुपमा यसको महंगो मूल्य रह्यो । अमेजनले यो फोनको मूल्य ६ सय ५० डलर तोकेको थियो र पछि यसलाई घटाउन बाध्य भयो ।
२. ब्लाकबेरी पासपोर्ट- प्रिमियम तथा उत्पादकत्व केन्दि्रत संचार डिभाइस निर्माताको रुपमा चिनिएको ब्लाकबेरीले ल्याएको नयाँ स्मार्टफोन पासपोर्ट पनि यो वर्षको सुपर फ्लप स्मार्टफोन बन्यो । यसको असफलताको कारकतत्वको रुपमा यसको अनौठो तथा अमिल्दो आकारका साथै महंगो मूल्य रहे । प्रयोगकर्तालाई बानी पार्नै गाह्रो हुने र टाइप गर्न निकै ढिलो हुने अप्ठेरो कि बोर्ड हुनु पनि यो फोनको असफलताको एउटा कारण बन्यो ।
३. एन्ड्रोइन वन– गुगलले एन्ड्रोइड वन स्मार्टफोन ल्याउँदा प्रयोगकर्ताका लागि छलछाम नयाँ स्मार्टफोन अनुभुति दिलाउने उद्धेश्य राखेको थियो । तर अनलाइनबाट मात्र बिक्रि गर्ने मोडेलका साथै यसका साझेदारको निस्किृयता पनि एन्ड्रोइड वनको असफलताको कारक बन्यो । अझ अग्रणी रिटेलर तथा डिलरहरुले यो स्मार्टफोन बेच्न अस्विकार गर्नु पनि गुगलका लागि टाउको दुखाइको विषय बन्यो ।
४. फायरफक्स अपरेटिङ सिस्टमयुक्त फोनहरु- फायरफक्स ओएसले इन्टेक्स, स्पाइस तथा एलकाटेल ब्राण्डेड स्मार्टफोनसँगै भारतमा डेब्यु गरेको थियो । फायरफक्स अपरेटिङ सिस्टमवाला फोनलाई बजारमा सबैभन्दा सस्तो स्मार्टफोन भनिएको थियो । तर यसको हार्डवेयर तथा सफ्टवेयरमै भएको कमजोरीका कारण प्रयोगकर्ता दिक्क बने । त्यसैले यी स्मार्टफोन पनि उपभोक्ताको मन जित्न असफल भए ।

nexes५. गुगल नेक्सस सिक्स- यसअघिका गुगलका नेक्सस स्मार्टफोनहरु सुपथ मूल्यका कारण लोकपि्रय रहेपनि नेक्सस सिक्स भने अपवाद रह्यो । ६ इन्च डिस्प्ले तथा विभिन्न नयाँ फिचर्स र हार्डवेयरले युक्त नेक्सस सिक्स आफैमा उत्कृष्ट फोन भएपनि यसको महंगो मूल्यकै कारण सामान्य उपभोक्ता तथा नेक्सस फ्यानहरुको पहुँचमा रहेन ।
६. आइप्याड मिनी थ्री- एप्पललको आइप्याड मिनी थ्री अपेक्षाकृत रुपमा सफल हुन सकेन । आइप्याड मिनीको नयाँ संस्करणको रुपमा आएको मिनी थ्रीले पूरानो भन्दा खासै नयाँपन ल्याउन सकेन र नयाँ चिजको रुपमा केवल टच आइडी फिंगरपि्रन्ट सेन्सर मात्र थियो । प्रोसेसर समेत पूरानै संस्करणको जत्तिकै क्षमतायुक्त तर मूल्य भने महंगो रहेकाले त्यसले मध्यमस्तरीय उपभोक्ताबीच प्रभाव जमाउन सकेन ।
७. एलजी जी थ्री- एल जी का यसअघिका फोनहरुले जस्तो जी थ्री ले तहल्का मच्चाउन सकेन । यो स्मार्टफोनको क्यू एच डी अर्थात् टू के डिस्प्लेमै समस्या देखियो । उच्च क्षमतायुक्त प्रोसेसर तथा र्याम हुनुका बाबजुत डिस्प्ले निकै धिमा रह्यो । त्यस्तै ब्याट्री ब्याकअप पनि कमजोर देखियो । साथै यो फोनको पछाडिको प्लास्टिकको खोलले समेत शोभा घटाउँदा जी थ्री को क्रेजमा कमी आएको पाइयो ।
८. नोकिया एक्स सिरिज- नोकियाको एक्स सिरिज स्मार्टफोन एन्ड्रोइड अपरेटिङ सिस्टममा नोकियाको पदार्पणकै रुपमा थियो । माइक्रोसफ्टले नोकियाको फोन व्यवसाय खरीद गर्ने सम्झौता अन्तिम चरणमा पुगेको बेला नोकियाले आफ्नो एन्ड्रोइड फोन सार्वजनिक गरेको थियो । तर यो फोन पहिचानकै संकटमा गुजि्रयो । वास्तवमा यी स्मार्टफोन नोकियाको आशा र लुमिया फोनको मझधारका थिए र गुगल सेवाको उपलब्धता पनि थिएन । यद्यपि माइक्रोसफ्टले पछि गुगल सेवा थप्यो । तर नोकिया एक्स सिरिजका फोनप्रति उपभोक्ताको रुची थपिएन । अहिले माइक्रोसफ्टले यी फोन उत्पादन बन्द गरिसकेको छ ।
९. एल जी जी वाच- स्मार्टफोन सँगको आबद्धतामा चल्ने एल जी को पहिलो स्मार्टघडी तथा गुगलको एन्ड्रोइड वेयर डिभाइस एल जी जी वाच पनि यो वर्षको असफल ग्याजेटको रुपमा रह्यो । यसको ब्याट्री क्षमता समेत कमजोर हुँदा थप अलोकपि्रय बन्यो ।
१०.प्यानासोनिक इलुगा यु – निकै होहल्लाका साथ लञ्च भएको प्यानासोनिकको स्मार्टफोन इलुगा यु एन्ड्रोइड स्मार्टफोन ब्याट्री तथा प्रदर्शनका हिसाबले राम्रो भएपनि रोजाइमा भने पर्न सकेन । नेक्सस फोरको जस्तै डिजाइनलाई उपभोक्ताले बासी डिजाइन ठाने भने क्यामरा र डिस्प्ले पनि उत्कृष्ट रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?