ब्राउजरको बजारमा तिब्र गतिमा आफ्नो हिस्सा गुमाइरहेको इन्टरनेट एक्सप्लोररलाई विस्थापित गर्दै माइक्रोसफ्टले नयाँ ब्राउजर ल्याउने तयारी गरिरहेको छ ।
सूत्रको हवाला दिँदै टेक साइट जेडनेटले जनाएअनुसार माइक्रोसफ्टले फायरफक्स र गुगल क्रोमजस्तै नयाँ ब्राउजरको बिकाश गरिरहेको छ ।
जनवरी २१ तारिखमा विन्डोज १० सार्वजनिक गर्नेबेला नयाँ ब्राउजर पनि लन्च गर्ने तयारी गरिरहेको बताइएको छ ।
इन्टरनेट एक्सप्लोरर निर्माण गरेको पुरानै प्रबिधिमा आधारित रहेर नयाँ ब्राउजरको बिकाश भइरहेको छ । प्रयोग र सुबिधाका हिसावले माइक्रोसफ्टको नयाँ ब्राउजर गुगल क्रोम वा फायरफक्सजस्तै लाग्ने बताइएको छ । जसले एप्स र एक्सटेन्सनहरुलाई सजिलै सपोर्ट गर्ने छ ।
तर, गुगल क्रोम, फायरफक्स र सफारीले प्रयोग गरेको लोकपि्रय वेबकिट प्रबिधि भने माइक्रोसफ्टले अबलम्बन गर्नेछैन् । उसले पुरानै अन्डरलाइङ ब्राउजर प्रबिधिको प्रयोग गर्ने छ ।
नयाँ ब्राउजर ल्याएपनि इन्टरनेट एक्स्प्लोररलाई पुरै फेज आउट भने गरिने छैन् । इन्टरनेट एक्सप्लोररसँग मेल खाने गरी बनाइएका वेबसाइट खोल्ने सुबिधाका लागि अहिलेको भर्सनलाई अपग्रेड गरी इन्टरनेट एक्सप्लोरर ११ ल्याइने बताइएको छ ।
कुनै बेला ब्राउजरको बजारमा एकछत्र राज गरेको इन्टरनेट एक्सप्लोरर अहिले दोस्रो नम्बरमा झरेको छ । कुल ब्राउजरको ५० प्रतिशत हाराहारी गुगल क्रोमको हिस्सा छ भने दोस्रोमा रहेको इन्टरनेट एक्सप्लोरर करिव २० प्रतिशतमा छ । उसलाई फायरफक्स नजिकैबाट पछ्याइरहेको छ ।
भर्खरै
पुराना
लोकप्रिय
Advertisment
प्रतिक्रिया 4