Comments Add Comment

चर्चित कलाकार जो मृत्युको मुखबाट फर्किए

जन्मपछि मृत्यु जीवनका अनिवार्य सर्त हुन् । तर, पनि कसैले चाहेको अवस्थामा जन्म वा मृत्युमा सहभागी हुन पाउदैनन् । केही कलाकार यस्ता पनि छन् जसले सुटिङका क्रममा भएको गम्भिर दुर्घटनामा परेर मृत्युलाई नजिकवाट अनुभुति गरेका छन् । कुन कलाकारले कस्ता कस्ता दुर्घटना झेले भन्नेमा ‘टाइम्स अफ इण्डिया’ एउटा रिपोर्ट तयार पारेको छ । हेरौं, ति कलाकारका अनुभूति कस्तो छ ।
अहिलेसम्मकै चर्चित दुर्घटना

amative
हिन्दी फिल्म ‘कुल्ली’ मा फाइटको दृष्य सुटिङ गर्ने क्रममा अभिनेता अमिताभ बच्चन गम्भिर घाइते भए । उनी घाइते भएको समाचार सार्वजनिक भए लगत्तै लाखौं दर्शकले उनको स्वास्थलाभको कामना गरका थिए ।
उक्त दुर्घटनालाइ भारतमा अहिलेसम्मकै चर्चित सुटिङ दुर्घटना भनिन्छ । धेरैले साझको समय टोलटोलमा बत्ति वालेर उनको स्वास्थ लाभको कामना गरेका थिए ।
‘खाकी’को सुटिङ गर्दा अभिनेत्री ऐश्वर्या रायले हाँकेको जीप नियन्त्रण बाहिर गएको थियो ।
जब जीप आउट अफ कन्ट्रोल भयो तब रोडपारीको झाडीमा पुग्यो । जीप भीत्रै रहेकी ऐश्वर्यालाइ तत्काल अस्पताल लगिएको थियो ।
उक्त घटनामा ऐश्वर्यालाई ठूलो चोट नलागे पनि उनी निकै आत्तिएकी थिइन् ।

झण्डै रेलमुनी परे सलमान

salman-khan‘तेरे नाम’मा दुर्घटनाकै कारण विक्षिप्त हुन पुगेका पात्रको भुमिका निर्वाह गरेका छन् सलमान खानले । उक्त फिल्मको सुटिङ त्यस्तै दुर्घटना हुनवाट भने अलिकति मात्रै जोगिएका थिए उनी ।
रेलको लिगमा अभिनय गरिरहेका सलमानले एक्कासी रेल गुडेको थाह नपाउँदा मुस्किलले ज्यान जोगाएका थिए । उनलाई सहायक कलाकारले जर्बजस्ती लिकवाट हटाएर बचाएका थिए ।
सुटिङमा गम्भिर दुर्घटनामा परेर पनि जोगिएकी कलाकार हुन् आयशा टिकिया पनि । एक फिल्मको सुटिङको क्रममा आयशाले चलिरहेको रेललाई समाउनुपर्ने थियो तर, सानो गल्तीले गर्दा उनी लड्न पुगिन् । तर, उनी लडेको ठाउँ निकै खतरनाक थियो ।
खोंचमा भएको लिगमा उनी लडेकी थिइन् केही बेर रेलको लीगमा समाएर एक्लै झुण्डिनु परेको थियो ।

झण्डै ज्यान गएको थियो प्रितीको

salman-preety
ठूला दुर्घटनावाट दुई पटक जोगिएकी छिन् अभिनेत्री प्रिती जिन्टा । एकपटक बम बिष्फोटको सामना गरेकी थिइन् भने अर्कोपटक सुनामीको ।
श्रीलंकाको राजधानी कोलम्बोमा सांस्कृतिक कार्यक्रम प्रस्तुतिका लागि गएकी पि्रती कार्यक्रम गर्दा गर्दै भागेकी थिइन् । कारण, उनको स्टेज आगोले जलिसकेको थियो ।
छुट्टी मनाउन भन्दै थाइल्याण्ड पुगेकी पि्रती सुनामीको पनि मारमा परेकी थिईन् । आफु बसिरहेको ठाउँ भन्दा केही परको झुपडी डुबेपछि उनले भागेर ज्यान बचाएकी थिइन् ।
यस्तै हिन्दी फिल्म आशिकी चर्चित भएको बेला नायिका अनु अग्रवाललाई गोली लागेको थियो । २९ दिन कोमामा बसेकी अनुको स्वास्थ्य पुरै ठिक हुन अर्को एक महिना लागेको थियो । सन् १९९९ मा भएको कार दुर्घटनामा पनि उनी गम्भिर घाइते भएकी थिइन् ।

यस्तै हिलो फिल्म ‘अन्दाज’मै लारा दत्तले दुर्घटनाको सामना गर्नुर्‍यो । एउटा गीतको सुटिङ गर्ने क्रममै लारा ढुंगामा चिप्लेर समुन्द्रमा खसेकी थिइन् भने तत्काल अक्षय कुमारले उनको उद्धार गरेका थिए ।

यस्तै कार ट्रकसंग ठोक्किदाको क्षण सम्भिmदा अहिले पनि जरिन खानको आङ जिरिङग भएर आउँछ । जरीन र राजीब खण्डेवालको कार एउटा ट्रकमा ठोक्किएको थियो । यी दुबै कलाकारलाई ठूलो चोट नलागे पनि चालक गम्भिर घाइते भएका थिए ।

सैफको ज्यानमा एक सय टाँका

saif-ali‘क्या कहेना’को सुटिङका क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए सैफ अलि खान । त्यो बेलाका लागेको घाउको दाग अझै बाँकी छ उनको अनुहारमा । सुटिङको क्रममा दुर्घटना हुँदा उनको शरिरको विभिन्न भागमा एक सय टाँका लगाउनु परेको थियो ।
हिन्दी फिल्मको इतिहासमा बेजोड फिल्म मानिन्छ ‘मदर इण्डिया’ सोही फिल्मको सुटिङको क्रममा सेटमा भएको आगलागीवाट नरगीसलाई बचाउन अभिनेता सुनिल दत्तले ठूलै जोखिम मोले ।
त्यहि दुर्घटनाले उनीहरु विच एक अर्कालाई नजिक बनाएन मात्रै पछि बिबाह नै गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment