Comments Add Comment

अन्तरकलेज छात्र बास्केटबलको उपाधि सीसीआरसीलाई

१६ पुस, काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले छैटौं बेनोज स्मृति अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा सीसीआरसीले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ५०-४८ ले पराजित गर्‍यो । सीसीआरसीका लागि अंकित भण्डारीले १५ अंक जोडे । रिलायन्सका समिर तामाङले १६ स्कोर गरेपनि जितका लागि पर्याप्त भएन ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला समितिद्वारा आयोजित प्रतियोगितामा पेन्टागन कलेजले तेश्रो स्थानमा चित्त बुझायो । पेन्टागनले टि्रनिटी इन्टरनेसनल कलेजलाई ४८-४१ ले हरायो । पेन्टागनको जितमा विराज रानाले २३ अंक योगदान गरे ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार जिते ।

सीसीआरसीका अंकित भण्डारी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । पुस १ गतेदेखि सुरु प्रतियोगितामा ४० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment