Comments Add Comment

नेयमारले जिते ‘साम्बा गोल्ड’ अवार्ड

Neymar

१८ पुस, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर नेयमारले युरोपमा उत्कृष्ट ब्राजिलियन फुटबलर बन्दै ‘साम्बा गोल्ड’ अवार्ड जितेका छन् ।

युरोपबाट खेल्ने ब्राजिलियन फुटबलरलाई दिइने ‘साम्बा गोल्ड’ को विजेता पत्रकार, सिमित फुटबलर र इन्टरनेट भोटिङका आधारमा छनोट गरिनेछ ।

ब्राजिलका नयाँ कप्तान समेत रहेका नेयमारले २९.२ प्रतिशत मत पाएका छन् । नेयमारले यो सिजन बार्सिलोनाका लागि १३ खेलमा ११ गोल गरेका छन् ।

एथ्लेटिको मड्रिडका मिरान्डा दोस्रो तथा गालाटासरेका मेलो तेस्रो स्थानमा रहे । २०११ देखि लगातार तीन पटक यो अवार्ड जितेका थिएगो शिल्भा टप थ्रीमा परेनन् ।

नेयमारले विजेता छनोट टीममा रहेका ११ पत्रकार र ११ पूर्व खेलाडीबाट बढी मत पाएका छन् । उनले ४१.४१ प्रतिशत मत पाएका छन् भने मिराण्डा र विलियनले ३९.३९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment