Comments Add Comment

उत्तर कोरियामाथि अमेरिकाको नयाँ नाकाबन्दी

kim-jong-un

१८ पुस, काठमाडौं । अमेरिकाले सोनी पिक्सचर्समाथि साइबर आक्रमण गरेको भन्दै उत्तर कोरियाविरुद्ध नयाँ नाकाबन्दी लगाएको छ ।

राष्ट्रपति बाराक ओबामाले शुक्रबार तीन बटा उत्तर कोरियाली संस्था र दश जनाविरुद्ध कारबाही गर्ने आदेशमा हस्ताक्षर गरेको हृवाइट हाउसले जनाएको छ ।

उत्तर कोरियनको आणविक कार्यक्रमका कारण अमेरिकाले लगाएको नाकाबन्दी कायमै छ । तर, अमेरिकी कम्पनीमाथि साइबर आक्रमण भएको भन्दै नकाबन्दी लगाइएको यो पटक पटक भएको बीबीसीले जनाएको छ ।

व्यंग्यात्मक चलचित्र ‘द इन्टरभ्यू’पछि अमेरिका र उत्तर कोरियाको सम्वन्धथप तनावपूर्ण बनेको छ ।

अमेरिकाले उत्तर कोरियामाथि साइबल आक्रमणको आरोप लगाएको छ तर, उसले भने अस्वीकार गरेको छ । साथै उनले हृवाइट हाउस, पेन्टागनमा आक्रमणको धम्की दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment