Comments Add Comment

अब सरकारी अस्पतालमै प्राइभेट क्लिनिक

२२ पुस, काठमाडौं । सरकारी चिकित्सकलाई अब सरकारले कार्यरत अस्पतालमै क्लिनिक खोलिदिने भएको छ । ‘पेइङ क्लिनिक’ को नामबाट सञ्चालन गरिने क्लिनकमा चिकिस्तकले टिकट शुल्कको ५० प्रतिशत रकम लिन पाउनेछन् । यो व्यवस्थापछि चिकित्सकले निजी क्लिनिकमा दौडिरहनु पर्दैन ।
Doctorस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको अस्पताल विस्तारि सेवासम्बन्धी कार्यविधिमा अस्पतालले बिहानको जनरल ओपीडीमा (सोढे ८ बजेदेखि १२ बजेसम्म) टिकट काटेका बिरामीको जाँच सकेपछि दिउँसोबाट पेइङ क्लिनिक सञ्चालन गर्ने व्यवस्था रहेको नयाँ पत्रिकामा खबर छ । यद्यपी दिउँसोको समय तोकिएको छैन् । तर, क्लिनिकमा जाँच गर्न चाहनेले सरकारले तोकिदिएको शुल्क नबढ्ने गरी लिन सक्ने व्यवस्था गरिएको छ ।
सरकारले डाक्टरको अनुभव र योग्यताका आधारमा दुई सय ५० रुपैयाँदेखि चार सय ७५ रुपैयाँसम्म शुल्क लिन सक्ने व्यवस्था गरिदिएको छ । यद्यपी शुल्कको टुंगो अधिकतम नबढ्ने गरी अस्पतालले तोक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment