+
+
Shares

माइक्रोसफ्टले ल्याउँदैछ ३ हजार रूपैयाँको फोन, एक महिनासम्म चार्ज टिक्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २३ गते ८:२६

Nokia
यद्यपि यो बजारको सबैभन्दा ‘स्मार्ट’ फोन नहुन सक्छ तर माइक्रोसफ्टको स्वामित्वमा रहेको नोकियाले बनाएको पछिल्लो ह्याण्डसेट एउटा कुरामा भने अहिलेसम्मकै स्मार्ट हुनसक्छ – त्यो हो ब्याट्री, जुन एक पटक पूरा चार्ज गरेपछि एक महिनासम्म टिक्छ ।

नोकिया २१५ नाम दिइएको उक्त मोबाइल फोनको मूल्य केवल २९ डलर तोकिएको छ । माइक्रोसफ्टका अनुसार नोकिया २१५ सबैभन्दा सुपथ मूल्यको मोबाइल फोन हो जुन पहिलोपटक मोबाइल किन्नेहरुका लागि अति उपयोगी हुनुका साथै अन्य स्मार्टफोन प्रयोगकर्ता सबैले समेत साथमा बोक्नैपर्ने फोन हो ।

नोकिया २१५ यहीँ वर्षको पहिलो त्रैमासिकसम्ममा मध्यपूर्व, अफ्रिका, एसिया तथा युरोपका बजारमा उपलब्ध हुने बताइएको छ । यद्यपि यो फोन ठ्याक्कै कहिलेदेखि बजारमा उपलब्ध हुन्छ भन्ने बारेमा माइक्रोसफ्टले केही खुलाएको छैन ।

nokia 2यो फोनमा केही सिमित संख्याका एप्सहरु मात्र उपलब्ध हुनेछन् । यसमा फेसबुक र टि्वटरका साथै वेब ब्राउजर समेत रहनेछ । तथापि यसमा थ्री जी सेवा भने उपलब्ध हुनेछैन । यसमा ओपेरा मिनी ब्राउजर तथा बिंग सर्च उपलब्ध रहेको छ ।

यो मोबाइल फोन दुइ प्रकारमा उपलब्ध हुनेछ-एउटा र दुइवटा सिमकार्ड लाग्ने ।

एउटामात्र सिमकार्ड लाग्ने फोनको ब्याट्री एकपटक चार्ज गरेपछि २९ दिनसम्म टिक्नेछ भने दुइवटा सिमकार्ड भएको फोनको ब्याट्री भने २१ दिनसम्म टिक्ने बताइएको छ ।  साथै यसको टकटाइम समेत २० घण्टा रहेको बताइएको छ ।

के के छन् फिचर्स

२.४ इन्चको कलर स्क्रिन
फेसबुक र मेसेन्जर सुरुमै इन्स्टल गरिएको, टि्वटर पनि डाउनलोड गर्न सकिने
२० घण्टाको टकटाइम
२९ दिन सम्मको ब्याट्री लाइफ (स्टाण्ड बाइ टाइम)
ओपेरा मिनी ब्राउजर र बिंग सर्च
ब्लुटुथ, एपमीथ्री प्लेयर, टर्चलाइट र एफ एम रेडियो
हरियो, कालो र सेतो रंगमा उपलब्ध

गत वर्ष नोकिया ब्राण्डिङ विना पहिलो स्मार्टफोन ल्यूमिना ५२५ सार्वजनिक गरेर मोबाइल इतिहासको एउटा युग अन्त्य गरिदिएको माइक्रोसफ्टले नोकियाको लुमिना ब्राण्डका फोनलाई आफ्नो विन्डोज फोन सिरिजमा परिणत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?