Comments Add Comment

मकै खान पनि अब विदेशीकै भर पर्नुपर्ने

२३ पुस, काठमाडौं । नेपालका ७४ प्रतिशत जनताको मुख्य पेसा कृषि हो । तर, वर्षेनी कृषि उत्पादनको आयात बढिरहेको छ । अघिल्ला वर्षहरुमा ८ प्रतिशतभन्दा कम मकै विदेशबाट आयात हुने गरेकोमा यस वर्ष ४९.४ प्रतिशत पुगेको छ ।

makaiव्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका सहायक कार्यकारी निर्देशक तेजसिंह विष्टका अनुसार पुस दोस्रो सातासम्म दोस्रो खाद्यान्न बाली मकैको आयात ४९.४ प्रतिशत पुगेको हो ।

विष्टका अनुसार आर्थिक वर्ष ०६९/०७० मा नेपालमा विदेशी मकै ५.०१ प्रतिशत मात्रै थियो । ०७०/०७१ मा मकैको आयात ७.४९ प्रतिशत रहेको थियो । तर, यस वर्ष आयातमा ह्वात्तै वृद्धि भई ४९.४ प्रतिशत पुगेको छ ।

धान चामलमा पनि विदेशकै भर

विष्टका अनुसार पुस दोस्रो सातासम्म मुख्य खाद्यान्न बाली धान (चामल)को आयात पनि बढेर २०.३ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा धान चामलको आयात १७.२५ प्रतिशत थियो । त्योभन्दा अघिल्लो वर्ष धान चामलको आयात १४.३४ प्रतिशत मात्रै थियो ।

खानेतेल पनि विदेशबाटै

यस अवधिमा भटमासको तेलको आयात पनि उल्लेख्य बढेको छ । केन्द्रका अनुसार पुस दोस्रो साता सोयाबिन तेलको आयात ३५.२ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो आयात १३.१३ प्रतिशत र अघिल्लो वर्ष १०.९१ प्रतिशत थियो ।

तरकारी र फलफूलको आयात पनि उस्तै

त्यस्तै, तरकारी तथा फलफूल आयात पनि उल्लेख्य बढेको केन्द्रले जनाएको छ । दुई वर्षमा फलफूल र तरकारीको आयात क्रमशः ९.७१ प्रतिशत, १३.१३ प्रतिशत रहेको थियो । तर, पुस दोस्रो सातासम्म आयात बढेर ३५.२ पुगेको छ ।

सुपारीको आयात चुलियो

केन्द्रका अनुसार यो वर्षको पुस दोस्रो सातासम्म सुपारीको आयात १ सय ४६.३ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो आयात ७.६७ प्रतिशत र सोभन्दा अघिल्लो वर्ष ५.०१ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment