+
+
Shares

सामसुङको नाफा ३७ प्रतिशतले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २५ गते ८:१०

सामसुङ ग्यालेक्सी नोट फोर

दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको नाफा ३७ प्रतिशत भन्दा बढिले घटेको देखिएको छ । सन् २०१४ को अक्टोबर देखि डिसेम्बर सम्मको त्रैमासिकमा सामसुङको संचालन मुनाफा अघिल्लो वर्षको सोही अवधिको भन्दा ३७.४ प्रतिशतले घटेको प्रक्षेपण कम्पनीले गरेको छ ।

आफ्नो प्रिअर्निङ गाइडेन्समा सामसुङले उक्त अवधिमा कम्पनीको संचालन मुनाफा ५.२ टि्रलियन कोरियन वन अर्थात् ४ अर्ब ७४ करोड अमेरिकी डलर रहने प्रक्षेपण गरेको छ ।

विश्लेषकहरुले संचालन मुनाफा ५ टि्रलियन वन मात्र हुने अनुमान गरेका थिए । यद्यपि सन् २०१४ को तेश्रो त्रैमासिकमा भन्दा अन्तिम त्रैमासिकमा सामसुङले बिक्रिमा वृद्धि गरि ५२ ट्रिलियन वन पूराएको छ ।

सस्तो मूल्यका स्मार्टफोन उत्पादक चिनिया कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु परेपछि सामसुङले अहिले अन्तराष्ट्रिय संघर्ष गरिरहनु परेको छ । अझ विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार चीनमा सामसुङको दोश्रो स्थानमा झरिसकेको छ । सामसुङको ध्वजावाहक ग्यालेक्सी स्मार्टफोनको बजार चिनिया स्मार्टफोनहरुले खुम्चाइदिएका छन् ।

विश्लेषकहरुका अनुसार खासगरि एसियाली स्मार्टफोन बजारमा प्रतिपस्पर्धा अहिलेसम्मकै निकै तिब्र बनेको छ । सामसुङले आफ्नो मुनाफा ३७ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक गरेको केही दिनअघि मात्र चिनिया स्मार्टफोन निर्माता शाओमीले गएको वर्ष कम्पनीले दोब्बर भन्दा बढि नाफा गरेको समाचार सार्वजनिक भएको थियो ।

विश्लेषकहरुका अनुसार आफ्नो प्रभुत्व तथा नाफालाई कायम राख्नका लागि सामसुङले पूराना प्रडक्टको सुधार भन्दा पनि नयाँ आविष्कारमा आफुलाई केन्दि्रत गर्नुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?