२५ पुस, काठमाडौं । लामो समयसम्म श्रीलंकाको शासन सत्ता सम्हालेका महिन्दा राजापक्ष राष्ट्रपति निर्वाचनमा पराजित भएका छन् । आफ्नो पराजय स्वीकारिसकेका राजापाक्षेले राष्ट्रपतिको सरकारी निवास खाली गराइसकेका छन् ।
श्रीलंकामा विहीबार राष्ट्रपति निर्वाचन भएको थियो । निर्वाचनमा १९ जनाले उम्मेदवारी दिएका थिए ।
मुख्य प्रतिस्पर्धा राजापाक्षे र उनका पूर्व सहयोगी मैथ्रिपाला सिरिसेनाबीच भएको थियो । सिरिसेना राजापाक्षेको मन्त्रीमण्डलमा स्वास्थ्यमन्त्री थिए ।

सिरिसेनाले करिब ४ लाख मतान्तरले राजापाक्षेलाई हराएको अनुमान गरिएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । यद्यपी निर्वाचन परिणामको औपचारिक घोषणा भने भएको छैन ।
श्रीलंकामा सन् २००९ मा गृहयुद्ध समाप्त गरेपछि राजापाक्षेको लोकप्रियता एकाएक बढेको थियो । त्यही लोकप्रियताका साथ उनले शासनसत्ता सम्हाल्न पनि पगे । तर उनीमाथि पक्षपात गरेको आरोप बढ्दै गयो ।
महत्वपूर्ण र प्रभावशाली पदमा परिवारका सदस्यहरुलाई नियुक्त गरेपछि राजापाक्षेको आलोचना भएको हो । सिरिसेनाले यसैको फाइदा उठाए । उनले चुनावमा पनि पनि यसैलाई मुद्दा बनाएका थिए ।
प्रतिक्रिया 4