Comments Add Comment

नेपालको कृषिमा इजरायलको प्रविधि भित्रने

Isrel२५ पुस, काठमाडौं । नेपालको निर्वाहमुखी कृषिलाई व्यवसायीक बनाउन इजरायलले आधुनिक प्रविधि उपलब्ध गराउने बताएको छ ।

इजारायलको कृषि तथा ग्रामिण विकास मन्त्री एमके येर समिरले नेपालका युवालाई कृषि तालिम दिइरहेको बताउँदै प्रविधिमासमेत सहयोग गर्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले कृषिमा लगानीको खोजी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कृषि मन्त्री समिरले इजरायलको प्रविधि नेपाललाई सिकाउन पाउँदा खुसी लागेको बताए ।

‘नेपालका युवालाई इजरायलमा लगेर कृषि तालिम दिइरहेका छौं’ उनले भने, ‘आफ्नो सीप नेपाललाई सिकाउन पाउँदा हामी खुसी छौं ।’

इजरायलको कृषि प्रविधि नेपालले भित्र्याउन चाहे सक्दो सहयोग गर्ने पनि उनले बताए ।

‘हामी कहाँ प्रभावकारी र सुक्षम सिचाई प्रविधि, पानीको स्रोत व्यवस्थान, उच्च उत्पादन विधि, पोष्ट हार्भेस्ट, आधुनिक डेरी फार्मिङमा सघाउन सक्ने क्षमता छ’ उनले भने, ‘नेपालले चाहे यी प्रविधि हस्तान्तरण गर्न हामीलाई कुनै अप्ठ्यारो छैन ।’

नेपालको कृषि उत्पादन र कृषि प्रविधिको विकासमा सघाउ पुर्‍याउन इजरायल सधै तत्पर रहेको उनले बताए । दुइ देशका सरकारले निजी क्ष्ँेत्रलाई कृषिमा सहयोग र लगानीको बातावरण बनाउन भूमिका खेल्नु वास्तवमै राम्रो अवसर भएको उनको टिप्पणी थियो ।

हाल पाँच सय नेपाली साना किसान इजरायको प्रविधि सिकिरहेको उनले जानकारी दिए । नेपालका कृषि विकास मन्त्री हरीप्रसाद पराजुलीले इजरायलको आधुनिक कृषि प्रविधि लोभलाग्दो भएको बताए ।

‘हामी निर्वाहमुखी कृषिलाई व्यावसायीक रुपमा अगाडी बढाउने अभियानमा छौं, यसका लागि इजरायलको आधुनिक प्रविधि ल्याउन सकिन्छ’ उनले भने ।

नेपालको चिया र कफी आयात गर्न पनि इजरायल सकारात्मक रहेको उनले बताए । त्यस्तै नेपालमा ‘कृषि हब’ निर्माणका लागि पनि इजरायले चासो दिएको उनले जानकारी दिए । कृषि सचिव जयमुकुन्द खनालले दुई देशबीच कृषिमा भएका संभावनाबारे खोजी गर्नपर्ने बताए ।

‘इजरायली कृषि मन्त्री समिरको भ्रमण भएका बेला दुई देशको कृषिमा के कस्ता संभावना छन् भनी खोजी गरौं र एउटा मेकानिजम बनाएर अगाडी बढौं’ उनले भने ।

सन् २०१० देखी नेपाल-इजरायलबीच कृषिमा सहयोग आदान-प्रदान गर्नेबारे सम्झौता भएको उनले जानकारी दिए ।

सो कार्यक्रममा नेपालको कृषिबारे अध्ययन गरी लगानी गर्ने उदेश्यले इजरायलबाट पाँच कृषि उद्यमी उपस्थ्िात थिए । उनीहरुले कृषिमा लगानीका लागि व्यवसायी र सरकार दुवै तत्पर रहनुपर्ने बताए ।

‘हामी इजरायलको प्रविभि भित्र्याउन तयार छौं’ इजरायली नन्दन जैन कम्पनीका प्रमुख अम्नोन ओफेनले भने, ‘यहाँका व्यवसायी हामीसँग पार्टनरसिपमा लगानी गर्न तयार हुनपर्छ र सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ ।’ भारतको गुजरातलगायतमा इजरायली व्यवसायीले नमूना कृषि फार्म नै विकास गरेको उनले बताए ।

महासंघ अध्यक्ष प्रदिपजंग पाण्डेले नेपालको कृषिमा लगानीको ठूलो संभावन रहेको बताए । ‘नेपालको कृषिमा लगानीको ठूलो संभावना छ’ उनले भने, ‘लगानीका लागि इजरायली व्यवसायीलाई स्वागत छ ।’

कृषि उद्यम केन्द्रको सभापति भवानी राणाले नेपाल र इजरायलका व्यवसायीबीच कृषिमा लगानीको संभाव्यता खोजीका लागि कार्यक्रम गरिएको जानकारी दिईन् ।

‘नेपालका व्यवसायीसँग मिलेर इजरायल्ाी व्यवसायी कृषिमा लगानी गर्न तयार देखिएका छन्’ उनले भनिन् ।

लगानीका लागि नेपालको कृषिमा ठूलो संभावना देखिएकाले इजरायली प्रविधि ल्याएर व्यावसायीक कृषिलाई अगाडि बढाउने उनले बताईन् ।

‘नेपालको निवार्हमुखी कृषिलाई व्यवसायीक रुपमा अगाडी बढाउन आधुनिक प्रविधिको प्रयोग गर्नैपर्छ’ उनले भनिन- ‘आधुनिक प्रविधिमा इजरायल अगाडी छ । त्यसैले त्यहाँका व्यवसायीसँ सहकार्य गर्नु जरुरी छ ।’

उनले एक जिल्ला एक उत्पादन र एक गाउँ एक उत्पादन कार्यक्रम विस्तार भएका क्षेबाट बाषिर्क ५० जना युवालाई तालिम दिन पनि इजरायली सरकारलाई आग्रह गरिन् ।

‘केन्द्रले नेपालको व्यावसायीक कृषिलाई अगाडी बढाउन एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादन कार्यक्रम अघि बढाइरहेको छ’ उनले भनिन्, ‘यस्ता कार्यक्रम विस्तार भएका क्षेत्रमा बाषिर्क ५० जना युवालाई इजरायल सरकारले तालिम दिन सके अझ प्रभावकारी हुनथियो ।’ केन्द्रका दुई कार्यक्रम ५२ जिल्लामा विस्तार भएका छन् ।

इजरायलले कूल कृषी उत्पादनमध्ये १० प्रतिशत मात्रै खपत गरी ९० प्रतिशत निर्यात गर्दै आएको छ । कम लागतमा उच्च उत्पादन गर्नु इजरायली कृषिको विशेषता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment