+
+
Shares

‘आर्थिक सुधारमा सञ्चारमाध्यमको भूमिका उल्लेख्य’

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २५ गते १७:४०

Aartha ko aartha२५ पुस काठमाठौं । आर्थिक सुधारका लागि सञ्चारमाध्यमहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विज्ञहरुले बताएका छन् । आर्थिक सुधारको अभियान लगानी आकषिर्त गर्नका लागि अपरिहार्य रहेकाले देशको आर्थिक समुन्नतिकाका लागि आर्थिक पत्रकारहरुको भूमिकामा विज्ञहरुले जोड दिएका हुन् ।

काठमाडौंस्थित भारतीय दूतावास, नेपाल-भारत उद्योग वाणिज्य संघ तथा इण्डिपेण्डेन्ट विजनेस न्यूजले संयुक्त रुपमा आयोजना गरेको ‘आर्थिक सुधारमा आर्थिक पत्रकारको भूमिका’ विषयक कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत रणजीत रायले आर्थिक पत्रकारहरुले आर्थिक सुधारको महत्वपूर्ण पक्ष नीतिगत सुधार लगायतमा आर्थिक पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

राजदूत रायका अनुसार, भारतले व्यावसासयिक वातावरण सुधारका खातिर आर्थिक सुधारलाई प्राथमिकतामा राखेको छ ।
‘भारतको मुख्य उद्देश्य भनेको व्यावसायिक वातावरण सुधार हो र भारतले पहिलो ५० औं स्थानभित्र पर्ने लक्ष्य राखेको छ, यो मूलतः निजी व्यवसायको विकास र विस्तारका लागि वातावरण निर्माण गर्ने हो’ भारतीय राजदूतले भने- भारत सरकारको यो योजनाबाट नेपालले पनि फाइदा लिनुपर्छ ।

राजदूत रायले पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल भारत द्विपक्षीय आर्थिक सम्बन्धले गति लिएको उल्लेख गरे । यससँगै भारत सरकार नेपालसँग व्यापार तथा लगानी सम्बन्ध मजबुत पार्ने दिशामा काम गरिरहेको छ । यसको परिणाम नेपाल भारतबीचको व्यापारको परिमाण आगामी दशकसम्म दोब्बर हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ आर्थिक पत्रकार अच्युत वाग्लेले सञ्चारमाध्यमले क्रान्ति ल्याउन नसक्ने तर सुधारका लागि प्रशस्त भूमिका निर्वाह गर्न सक्ने बताए ।

त्यस्तै, पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले मजबुत द्विपक्षीय आर्थिक सम्बन्धमा जोड दिदैं आगामी वर्ष नेपाल भारत वाणिज्य सन्धि पुनरावलोकनका अवधिमा यसतर्फ ध्यान दिनुपर्नेम्ा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?