+
+
Shares

रणवीर र कट्रिनाको लण्डनमा इंगेजमेन्ट !

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २६ गते १०:०५

ranbir-and-kat

मुम्बई । बलिउड चर्चित जोडी रणबीर कपुर र कट्रिना कैफले अहिलेसम्म अफयेरको खुलासा गरेका छैनन् । थुप्रै ठाउँमा उनीहरु सँगै देखिए पनि उनीहरुको सार्वजनिकरुपमा आफ्नो सम्बन्धबारे बोलेका छैनन् ।

तर, यो जोडी गुपचुप रोमान्सलाई एक कदम अघि बढेर बैधानिकता दिने बाटोमा लागेको छ । यो जोडीले हालैमात्र लण्डनमा इंगेजमेन्ट गरेको छ ।

भारतीय संचारमाध्यमहरुले निकट पारिवारिक सूत्रको हवाला दिँदै गत डिसेम्बर ३० तारिखमा लण्डनमा उनीहरुवीच इंगेजमेन्ट सम्पन्न भएको दावी गरेका छन् ।

कैट क्रिसमस मनाउन लण्डन पुगेकी थिइन् । पछि रणबीर पनि न्यूयोर्क जाने क्रममा लण्डन पुगे र त्यहीँ उनीहरुवीच इंगेजमेन्ट भयो ।

हालै फराह खानको पार्टीमा सहभागी हुँदा कटि्रनाले यसरी आफ्नो औंठी लुकाएको भारतीय संचारमाध्यमको दावी छ
हालै फराह खानको पार्टीमा सहभागी हुँदा कटि्रनाले यसरी आफ्नो औंठी लुकाएको भारतीय संचारमाध्यमको दावी छ

रणवीर पुगेको केही दिनमै उनका बाबु ऋषि कपुर र आमा नितु कपुर पनि सुटुक्क लण्डन पुगेको समाचारमा दावी गरिएको छ ।

सिमित परिवारका सदस्य र आफन्तमाझ उनीहरुले औंठी साटेको बताइएको छ ।

टाइम्स अफ इन्डियाका अुनसार रणवीर र कैट यो बर्षको मे महिनापछि बिबाह गर्न चाहान्थे । त्यसअघि पाइपलाइनमा भएका आफ्ना सकाउने उनीहरुको योजना थियो ।

बलिउड मन्त्र डटकममा छापिएको समाचार अनुसार मगनी समारोह क्याटरिनाको परिवारले आयोजना गरेको थियो । अन्य केही पत्रिकाले रणबीर र कैट सँगै अयान मुजर्खी न्युर्योर्कको स्ट्याडण्र्ड हेडलमा नया वर्षको उत्सबमा सहभागी भएको तस्बिर पनि छापेका छन् ।

तर, अहिलेसम्म रणवीर, कट्रिना र उनीहरुका परिवारका सदस्यले यसबारे सार्वजनिकरुपमा केही बोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?