Comments Add Comment

शानदार जितका साथ मनाङ सेमिफाइनलमा

anil-gurung

२६ पुस, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब पोखरा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  शनिबार भएको पहिलो क्वाटरफाइनलमा मनाङले सरस्वती युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो ।

पोखरा रंगशालामा भएको खेलमा मनाङले १२ औं मिनेटमा कप्तान अनिल गुरुङको गोलबाट अग्रता लिएको थियो । २० औं मिनेटमा डोडोजले अग्रता दोब्बर पारे ।

खेलको ३४ औं मिनेटमा शक्ति राईले गोल गर्दै सरस्वतीलाई खेलमा फर्काउने संकेत गरे ।

तर, दोस्रो हाफमा मनाङ फेरि खेलमा हावी भयो । ५३ औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङको अग्रता ३-१ मा पुर्‍याए ।

८१ औं मिनेटमा दिपक राईले गोल गरेपछि मनाङ ४-१ को जितका साथ अन्तिम चारमा पुगेको छ ।

तस्वीरः गोल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment