Comments Add Comment

पर्यटनमा लगानी : भारतकोभन्दा चीनको बढी

२७ पुस, काठमाडौं । लगानीका लागि सम्भाव्य क्षेत्र मानिएको पर्यटनमा चीनको लगानी भारतीयको भन्दा झण्डै दोब्बर बढी आएको छ । लगानीको यो अवस्थाले नेपालमा भारतको भन्दा चीनको प्रभाव बढ्न थालेको प्रष्ट भएको छ ।

सुरुवातदेखि मसिर मसान्तसम्म चीनबाट पर्यटन क्षेत्रमा तीन अर्ब ४१ करोड २४ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ । जबकि Nepal-India-and-China-Photoयही अवधिमा भारतबाट जम्मा एक अर्ब ९४ करोड रुपैयाँमात्रै लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।

छिमेकी मुलुक भारत र चीन नेपालमा आफ्नो प्रभाव जमाउन सक्रिय रुपले लागेका मुलुक हुन् । नेपालमा आर्थिक रुपमा होस वा राजनीतिक रुपमा होस, दुबै मुलुकले आफ्नो प्रभाव बढी देखाउन चाहन्छन् ।

तर, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा भने चीनले भारतलाई पछाडि पार्न थालेको छ । उद्योग विभागका अनुसार पछिल्लो समय चीनबाट खासगरी पूर्वाधार र सेवा क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिन्छ भने भारतबाट उर्जा क्षेत्रमा लगानी आकषिर्त देखिन्छ ।

चीनको मुख्य क्षेत्र, हङकङ र ताइवानबाट नेपालमा लगानी भित्रिएको पाइन्छ । यस अवधिसम्म चीनको मूख्य क्षेत्रबाट पर्यटनमा २ अर्ब ८० करोड ३८ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ भने हङकङबाट ४७ करोड ४६ लाख रुपैयाँ र ताइवानबाट १३ करोड ३९ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ ।

काठमाडौंको लाजिम्पाटमा सञ्चालित पाँचतारे सांगि्रला होटलमा रहेको क्यासिनोमा गत महिना हङकङबाट लगानी गर्ने प्रस्ताव आएको छ । बन्द अवस्थामा रहेको उक्त क्यासिनो हङकङका लगानीकर्ताले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम चुक्ता गरेर सञ्चालनमा ल्याउँदैछन् ।

उद्योग विभागमा आएको वैदेशिक लगानी प्रस्ताव हेर्ने हो भने भारतबाट प्रजातन्त्र आउनुअगावैदेखि पर्यटनमा लगानी आउन थालेको थियो । चीनको आर्थिक वर्ष ०५२/०५३ सालदेखि मात्र पर्यटनमा लगानी आउन थालेको देखिन्छ ।

चीनका स्वशासित क्षेत्रहरु हङकङबाट आव ०४६/०४७ सालदेखि ७ वर्ष पर्यटनमा लगानी आएको छ । ताइवानबाट आव ०४८/०४९ मा पहिलो पटक पर्यटनमा लगानी प्रस्ताव आएको थियो । त्यसयता पटक-पटक गरी पाँच आर्थिक वर्ष ताइवानबाट लगानीको प्रस्ताव अएको विभागको तथ्यांकले देखाएको छ ।

भारतबाट ५९ परियोजनामार्फत ४ हजार ७ सय ५५ जनालाई रोजगारी प्रदान गर्ने प्रतिवद्धता जनाइएको छ । चीनको मुख्य क्षेत्रबाट दुई सय पाँच परियोजनामार्फत ६ हजार ७ सय ४६ जनालाई रोजगारी दिने प्रतिवद्धता गरिएको छ ।

त्यसैगरी, हङकङबाट ९ परियोजनामार्फत एक हजार ९ सय ८१ जनालाई र ताइवानबाट पाँच परियोजनामार्फत ५ सय ११ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ । रोजगारीको हिंसाबाट पनि चीनले भारतलाई उछिनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment