+
+
Shares

उद्योग विभागमा अध्यागमन इकाई स्थापना, लगानीकर्ताले एकद्वार सेवा पाउने

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २७ गते १८:१६

Mahesh-Basnet
२७ पुस, काठमाडौं । उद्योग विभागले एकै थलोबाट स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई सेवा सुविधा प्रदान गर्न ‘अध्यागमन इकाई’ स्थापना गरेको छ । आइतबार उद्योगमन्त्री महेश बस्नेतले अध्यागमन इकाईको उद्घाटन गरे  ।

एकद्वार प्रणालीअन्तरगत उद्योग विभागले विदेशी लगानीकर्ताहरुलाई विभागबाटै भिषा लगायतका सेवा सुविधा प्रदान गर्न अध्यागमन इकाई स्थापना गरेको हो । मन्त्री बस्नेतले उद्घाटनकै दिन चार जना विदेशी लगानी कर्ता (जापानी र अमेरिकी नागरीक)लाई भिषा प्रदान गरेका छन् ।

अध्यागमन इकाई स्थापनासँगै विदेशी लगानीकर्तालाई सुलभ र सरल तरिकाले नेपालमा लगानी गर्ने वातावरणको शुरुवात भएको उद्योग मन्त्री बस्नेतले बताए । उनले एकद्वार प्रणालीको शुरुवातबाट विदेशी लगानीकर्ताको नेपालमा लगानी गर्ने अभिरुची बढ्ने विश्वास समेत व्यक्त गरेका छन् ।

मन्त्री बस्नेतले नेपाललाई लगानीमैत्री गन्तव्यका रुपमा चिनाउन मन्त्रालयले विद्यमान ऐन कानुनमा रहेका बाधा, व्यवधानहरु हटाउन र नयाँ लगानीमैत्री ऐन, कानुन छिट्टै जारी गर्न लागेको दाबी गरे । मुलुकलाई सम्बृद्ध बनाउनका लागि सरकारले उद्योग मन्त्रालयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।

‘नीतिगत भ्रष्टाचार मन्द विष हो, यसले हाम्रो समाजलाई नराम्ररी गाँजेको छ, माथिल्लो र तल्लो तहमा हुने भ्रष्टाचार समेत रोकौं’ मन्त्री बस्नेतले भने । उनले खानी, मदिराजन्य उद्योग लगायतका क्षेत्रमा रहेका विविध खालका सिन्डिकेट अन्त्यका लागि उद्योग मन्त्रालयसँग एकताबद्ध हुन सबै सरोकारवाला पक्षलाई आहृवान समेत गरेका छन् ।

उद्योगमन्त्रालय र यस अन्तरगतका सबै निकाय विस्तारै एकद्वार प्रणाली, वान स्टप सिस्टम हुँदै अनलाइन प्रणालीमा जोडिन थालेको मन्त्री बस्नेतले बताए ।

उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकषिर्त गर्न विभागले एकद्वार प्रणालीअन्तरगत अध्यागमन इकाइको स्थापना गरेको जानकारी दिए । उनले विभागले औद्योगिक बौद्धिक सम्पत्तिको डिजिटल अभिलेखिकरण गर्ने प्रक्रिया समेत अगाडी बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?