मुम्बई । ‘पिके’ ले बलिउडमा सबै भन्दा धेरै कमाई गरेको रेकर्ड सार्वजनिक हुने बित्तिकै अमिर खानका कमाइका विषयमा भारतीय मिडियाले खोजी गर्न थालेका छन् ।
कुनै बेला शाहरुख खान र सलमान खानलाई ‘स्टार पावर’ मान्ने बलिउड अहिले अमिरले उद्योग धानेको निष्कर्षमा पुगेको देखिन्छ ।
अमिर निर्मित एवं अभिनित फिल्म ब्यापार र अवार्डहरुमा समेत अब्बल ठहरिएपछि अहिले उनी बलिउडको ‘नम्बर वान’ हिरोका रुपमा दरिएका छन् ।
सन् २००१ मा रिलिज भएको लगानदेखि २०१४ मा रिलिज भएको पिके सम्मको हिसाब गर्दा अमिरले (२२ सय करोड) २२ अर्ब भारतीय रुपैयाँ कमाएका छन् ।
बलिउडमा सबैभन्दा पहिले एकसय करोडको रेकर्ड अमिरले नै राखेका थिए । त्यसपछि २ सय करोड हुँदै ३ सय करोडको रेकर्ड पनि उनकै फिल्मले ब्रेक गरेको थियो ।
पछिल्लो पटक प्रदर्शन भएको उनको फिल्म ‘पिके’ले त भारत र अन्य मुलुकमा गरेर ६ सय करोड कमाइ गरिसकेको छ ।
प्रतिक्रिया 4