+
+
Shares

शान्तिपूर्ण निकास खोज्न बन्दकर्तालार्इ परिसंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २९ गते १५:२७

२९ पुस काठमाडौं । उद्योगी/व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समयमा भइरहेको बन्द हड्तालप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । समयमै संविधान जारी गर्न खबरदारी गर्नुपर्ने आवश्यक भएपनि बन्द हड्ताल नै गर्न नहुने परिसंघको ठहर छ ।

‘मुलुकको आर्थिक विकासलाई गति प्रदान गर्ने खालको संविधान पुर्वनिर्धारित मितिमा नै जारी होस भन्ने सबैको चाहना र देशको CNI-Logoआवश्यकता पनि हो । सोही अनुरुप सरकार तथा राजनीतिक दलहरुलाई खबरदारी गर्नु र दवाब दिनु स्वाभाविक हो’ परिसंघद्धारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ- ‘तर, त्यसका लागि संविधानसभाका साथै अन्य शान्तिपूर्ण राजनैतिक कार्यक्रम र रचनात्मक विकल्पहरु हुँदाहुदै सर्वसाधारणको दैनिकी तथा मुलुकको अर्थतन्त्रमा प्रतिकुल असर पार्ने गरी जवर्जस्ती यातयात, उद्योगधन्दा तथा कलकारखाना बन्द गराउने कार्यप्रति निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ भत्र्सना गर्दछ ।’

बिगत लामो समयदेखिको राजनीतिक अस्थिरता, असहज श्रमसम्बन्ध, चरम बिद्युत कटौती (लोडसेडिङ) र अस्थिर विनिमय दरलगायतका समस्याहरुबाट आक्रान्त भएर जडित क्षमताको आधाभन्दा कममा सञ्चालन भइरहेको परिसंघले जनाएको छ ।

‘बल्लबल्ल तंगि्रन लागेको अर्थतन्त्रको मेरुदण्ड औद्योगिक क्षेत्रमा जवर्जस्ती सडक, पारवहन तथा उद्योगधन्दाहरु बन्द गराइएबाट औद्योगिक प्रतिष्ठानहरु पुनः थला पर्ने खतरा बढ्दै गएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

एक वर्षभित्रै अग्रगामी संविधान जारी गरेर मुलुकमा आर्थिक क्रान्ति शुरु गर्ने र बन्द हडताललाई सदाका लागि बन्द गर्ने प्रतिवद्धता विपरित जिम्मेवार राजनीतिक दलहरुबाटै यसरी उद्योगव्यवसाय र बजार एवं ढुवानी प्रणाली नै ठप्प हुनेगरि जवर्जस्ती बन्द गराउने काम कुनै पनि कोणबाट उपयुक्त नभएको परिसंघको ठहर छ ।

नेपाल राष्ट्र बैंकको एक अध्ययनले एक दिन उद्योग कलकारखाना बन्द हुँदा रू. १ अर्ब ८० करोड आर्थिक नोक्सानी हुने निष्कर्ष निकालेको परिसंघले उल्लेख गरेको छ ।

उद्योग व्यवसाय बन्द हुँदा काम गरी खाने जनता, मजदुरहरुका साथै कृषकलगायत सबै क्षेत्रका नागरिकको आयआर्जन र रोजीरोटीमा समेत समस्या हुने भएकाले बन्दको गुणात्मक प्रभाव अर्थतन्त्र र रोजगारीमा निकै भयावह हुने परिसंघले जनाएको छ ।

‘बिरोध र दवाबका लागि शान्तिपूर्ण र रचनात्मक उपायहरुको अवलम्वन गरि मुलुकमा सद्भाव कायम गर्न र उद्योग व्यवसाय एवंम अर्थतन्त्र नै तहसनहस हुने खालका गतिविधिहरु बन्द गरी सम्वाद र शान्तिपूर्णतवरले आपसी मतभेदहरु समाधान गर्न नेपाल उद्योग परिसंघ हार्दिक आग्रह गर्दछ ।’ विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?