मुम्बई । सामाजिक सञ्जालहरुमा राम्रो प्रभाव छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ।फेशबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा धेरै प्रसंक कमाएका प्रधानमन्त्री मोदीको चित्र भएको चंगा समेत सबै भन्दा धेरै बिक्री हुने गरेको छ ।
हरेक मकर सक्रान्तिमा भारतमा चंगा उडाउने मेला हुन्छ जहाँ धेरै चंगा बिक्री हुन्छन । समाचार एजेन्सीले उल्लेख गरे अनुसार उत्तर प्रदेशका चंगा दोकानमा मोदीका चित्र अंकित चंगा सबै भन्दा धेरै विक्री भएका छन् ।
उत्तर प्रदेशकै कुरा गर्दा मोदि पछि दोस्रो स्थानमा आएका छन अमेरिकी राष्ट्रपति बाराक ओबामा । त्यसपछि शाहरुख खान, सलामान खान र ऐश्वर्या रायको चित्र भएको चंगा बिक्री भएको छ ।
जबकि गएको वर्ष शाहरुख, सलमान र ऐश्वर्याको चित्र भएको चंगा सबै भन्दा धेरै बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4