+
+

क्यामेरा देख्यो कि दीपक-दीपाको यस्तो पोज

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ३० गते १५:३६

dipak-and-dipa-poje
कमेडी गर्ने कलाकारले जे गरेपनि सुहाउँछ । अरु कलाकारले गर्दा विभिन्न आलोचना भोगेतापनि हाँस्य कलाकारहरुले गरेका कुरालाई मानिस रमाइलोको रुपमा नै हेर्छन् । यसैले यसको फाइदा कसरी उठाउनु पर्छ भन्ने हाँस्यकलाकार दीपकराज गिरीलाई राम्रैसँग थाहा छ ।

चलचित्र ‘छ एकान छ’को प्रदर्शन समयमा दीपकराज गिरी र दीपाश्री निरौलाले विभिन्न खालका प्रचार उपाय अपनाएका थिए । जसका कारण चलचित्रले राम्रो व्यापार पनि गर्‍यो ।

dipak-and-dipaअब, यो जोडी चलचित्र ‘वडा नम्बर ६’को प्रचारमा लागेको छ । दीपक अहिले मिडियाको अघि फोटोका लागि पोज दिदा आफ्ना ६ वटा औला उठाउन थालेका छन् । रमाइलो गर्दै दीपकले भने-‘अब चलचित्र नचलुन्जेलसम्म यो पोज निरन्तर जारी रहन्छ ।’

चलचित्र चलाउनका लागि विभिन्न खालका तरिका अपनाउने दीपक र दीपाको जोडी फेरि नयाँ शैली भित्राउने बताउँछन् । यसको सुरुवात चलचित्रलाई प्रतिनिधीत्व गर्दै ६ वटा औैंला उठाउने र दर्शकलाई ‘वडा नम्बर ६’ को झल्को दिने तरिकाबाट भएको दीपकले भने । जे होस् प्रचारका लागि दीपक र दीपालाई कसले सक्ने ?

उज्ज्वल घिमिरेको निर्देशनमा बनेको यो चलचित्र वि.सं २०७२ सालको वैशाख महिनामा नै प्रदर्शनमा आउने बताइएको छ । दयाहाङ राई , प्रियंका कार्की, सिताराम कट्टेल, जितु नेपाल, दीपकराज गिरी लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले राजनीतिक परिवेशलाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?