मुम्बई । नाम होस् या बद्नाम, चर्चामा आउनैपर्ने मान्यतामा अडिग छन् अभिनेत्री एवं मोडल । केही मोडल यस्ता पनि छन, जसले केबल चर्चामा आउनका लागि मात्रै कपडा खोले । क्यामेराको अगाडी उत्तेजक हाउभाउमा प्रस्तुत हुनु र कतिपय सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा पनि आफ्नो पुष्ट शरीर प्रदर्शनलाइ महत्व दिनु उनीहरुको मिसन नै भयो । आफ्ना संवेदनशील अंग देखाएपछि चर्चामा आइन्छ भन्ने भ्रममा मल्लिका शेरावतदेखि राखी सावन्त समेत छन् ।
ट्वीटरमा नाङ्गै: प्लेब्वाइ म्यागजिनका लागि छनौट भएपछि एकाएक चर्चा पाएकी थिइन् शर्लिन चोपडा । पहिलो भारतीय ‘प्लेब्वाइ गर्ल’ भन्दै उनको चर्चा हुने गरेको थियो । त्यतिले चित्त बुझेन उनलाई र ट्वीटरमा लगभग नाङ्गै रहेको तस्बिर पोष्ट गरिन् । जसले उनलाई आलोचनाको केन्द्रमा पुर्यायो ।
परिस्थिती जस्तोसुकै प्रतिकुल किन नहोस् जोसुकैको आँखामा पर्नुपर्छ भन्ने मान्यता राख्छिन् मल्लिका शेरावत । भलै, अहिले उनको हातमा कुनै गतिलो फिल्म छैन ।
तर, पनि कुनै कार्यक्रममा उपस्थित हुँदा उनको गेटअपको भने राम्रै तारिफ हुने गरेको छ । फिल्म निर्माताले वास्ता गर्न छाडे पनि दर्शकको मनमा बस्नका लागि सेक्सी पहिरनको भर पर्न छाडेकी छैनन् ।
मोडलिङ र अभिनयबाट गरेर कश्मिरा शाहले खासै धेरै चर्चा पाउन सकिनन् । तर, पनि प्रचार प्रचारका तौर तरिका खोजी रहन्छिन् उनी । नाङ्गो फोटोसेसन र उत्तेजक पहिरनमा उनी पनि कम छैनन् ।
प्रचार प्रसारलाई सबै भन्दा धेरै महत्व दिने युवतिका रुपमा चिनिन्छिन् पाकिस्तानी नायिका विना मल्लिक । एक म्यागजिनका लागि अर्धनग्न तस्बिर खिचाएकी विनाले काम गरेको हिन्दी चलचित्रमा पनि केही सिन निकै उत्तेजक थिए ।
परिणाम जे सुकै आओस् । तत्कालको हल्लाले राम्रै फाइदा होस् भन्ने मान्यता राख्छिन् विना । अभिनय कमजोर भएपनि बलिउडको उनको चर्चा राम्रैसंग भयो । यत्तिको चर्चा हुनमा उनको रुप र अभिनय भन्दा बढी हर्कतले काम गरेको थियो ।
गुजराती अभिनेत्री मेघना पट्टेलले ट्वीटरमा एउटा फोटो पोष्ट गरिन् । जुन तस्बिरमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनाब चिन्ह अंकित पोष्टरले आफ्ना गोप्य अंग छोपेकी थिइन् ।

अमिताभले यौन दुब्र्यबहार गरेको आरोप
शायली भगतको उत्तेजक तस्बिरले पनि धेरैको ध्यान तानको थियो एकताका । यतिसम्म कि उनले अभिताभ बच्चनले यौन दुब्र्यबहार गरेको आरोप समेत लगाइन् । पछि थाह भयो उनको आरोप केबल चर्चामा आउनका लागि मात्रै रहेछ ।
जबकि यौन दुब्र्यबहारको आरोप उनले सजिलै फिर्ता लिएकी थिईन् । कतिपयले आरोप समेत लगाउने गर्छन्- राखी सावन्तले चर्चा पाइने मोहमा गर्नै नहुने काम पनि गर्छिन् । चर्चामा आउनकै लागि टुपीसमा फोटो खिचाएकी राखी उत्तेजक पोज दिन माहिर छिन् ।

रिहाना, पेरिस र कोको
हलिउड अभिनेत्री पेरिश हिल्टन पनि विभिन्न पोजका तस्बिर खिचाएर चर्चामा आउन चाहने हिरोइनको रुपमा परिचित छिन् । गायिका रिहानाले स्टेज कार्यक्रममा चर्चा पाउनकै लागि अस्लिल हर्कत प्रस्तुत गरेकी थिईन् ।
कोकोलाइ आफ्नो पुष्ट नितम्बप्रति निकै गर्व गर्छिन् । मोडलिङ वा अन्य कुनै पनि कार्यक्रममा आफ्नो पुट्ठा देखाउन लजाउँदिनन् । ट्वीटरमा पनि फोटो पोष्ट गरिसकेकी छिन् उनले ।
प्रतिक्रिया 4