Comments Add Comment

बन्दले सार्‍यो चलचित्र, बढ्यो चाप

dipshikha-sahi
आजबाट काठमाण्डौ बाहिर र भोलीबाट काठमाण्डौ भित्र प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘इच्छा’ को प्रदर्शन पछि सरेको छ । यो चलचित्रको नयाँ प्रदर्शन मिति तय गरिएको छैन । संविधान घोषणा गर्ने दिन नजिकिदै आउँदा विभिन्न पार्टीले आयोजना गरेका बन्दका कारण यसको निर्माणपक्ष चलचित्र चलाउन हच्किएको हो ।

चलचित्रको प्रदर्शन पछि सर्दा भिडन्तको चाप फेरि बढ्नेछ । कुनै न कुनै चलचित्रले तोकेको मितिमा यो चलचित्र पनि प्रदर्शनमा आउने पक्का छ । जसका कारण पनि चलचित्र प्रदर्शनको चाप बढ्नेछ ।

बन्दको समयमा चलचित्र चलाउँदा निर्मातालाई सोझै घाटा लाग्ने भएकाले पनि बाध्य भएर पछि सारिएको निर्देशक मुनाल घिमिरेले जानकारी दिएका छन् । दयाहाङ राई, सुवास थापा, दीपशिखा शाही लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले बाबुआमा र छोराछोरीको फरक चाहनलाई प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment