Comments Add Comment

सुदर्शनले हेर्दा पूजामा नशा चढेपछि(भिडियो)

ajiai-pani-photo]
गीतसंगीतको मामालामा सफल मानिएको चलचित्र ‘अझै पनि’को नयाँ सांगीतिक धमाका सार्वजनिक भएको छ । स्वर्गिय निर्देशक आलोक नेम्वाङको अन्तिम चलचित्र ‘अझै पनि’ले सामाजिक प्रेम कथालाई उठान गरेको छ । यसअघि ३ वटा गीतबाट नै चर्चा पाइसकेको ‘अझै पनि’को सार्वजनिक चौथो गीतले पनि चर्चा पाउने देखिन्छ ।

पूनम गौतम र सुदर्शन थापाले मिलेर बनाएको यो चलचित्रमा पूजा शर्मा, सुदर्शन थापा, सुरक्षा पन्त, विपना धिमाल, पुष्प खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।

सार्वजनिक ‘जती हेर्छौ तिमी मलाई’ बोलको गीतमा दीपक लिम्बु र सहिमा श्रेष्ठको आवाज छ । महेश खड्काले संगीत भरेको गीतमा डाक्टर कृष्णहरी बरालले शब्द कोरेका छन् ।

फागुन १५ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रबाट आफू आशावादी रहेको निर्मात्री पूनम गौतमले बताइन् । उनले, चलचित्रको गीतले राम्रो चर्चा पाएकाले पनि दर्शकलाई हलसम्म तान्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment