Comments Add Comment

क्रसर उद्योग हटाउन माग गर्दै आन्दोलन

Crosser२ माघ विराटनगर । क्रसर उद्योग हटाउन माग गर्दै मोरङको लेटाङवासी आन्दोलित भएका छन् । क्रसर उद्योगले चिसाङ खोलाको गहिराई बढाएको र खोलाले धार परिवर्तन गरी वस्ती नै बगाउने खतरा भएको उनीहरुले बताएका छन् ।

लेटाङ-भोगटेनी नगरपालिका ७ का बासिन्दाले आज जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाउँदै चिसाङमा अवस्थित ओम क्रसर उद्योग हटाउन माग गरेका छन् ।

चिसाङ खोला संरक्षण तथा संघर्ष समितिले सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई पत्र बुझाउँदै क्रसरका कारण वस्ती नै कटानको जोखिममा परेको जनाएको हो ।

समितिका सदस्य डम्बर राईले क्रसले मेसिन प्रयोग गरेर उत्खनन् गरेका कारण खोला दायाँ र बाँयापट्टीका चारसय घर कटानको जोखिममा परेको बताए ।

खेतीयोग्य जमिनको कटान, प्रदूषण र वनक्षेत्रमा समेत क्रसरबाट असर परेको समितिले जनाएको छ । सहायक प्रजिअ लुइँटेलले समस्याको विषयमा स्थलगत अध्यय्न गरी समाधानका लागि पहल थालिने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment