Comments Add Comment

कुख्यात यौन दुराचारी क्यानेडियन नागरिक अर्नेस्ट नेपालमै समातिए

३ माघ, काठमाडौं । कुख्यात यौन दुराचारीका रुपमा संसारभर चिनिएका एक अन्तर्राष्ट्रिय अपराधी नेपालमा पक्राउ परेका छन् । बालकहरुसित अप्राकृतिक मैथुन गरेको आरोपमा क्यानेडियन नागरिक अर्नेस्ट फेनविक म्याकइन्टोस पक्राउ परेका छन् ।

म्याकइन्टोस यौन दूराचारसम्बन्धी अपराधमा विश्वमै कुख्यात मानिन्छन् । क्यानडामा मात्र नभएर उनी विरुद्ध भारत तथा अफि्रकी देशहरुमा पनि मुद्दा दायर छन् । चार दशकदेखि उनीमाथि मुद्दा लाग्न थालेका हुन् । ललितपुर प्रहरीले गत ४ पुसमा उनलाई पक्राउ गरेको हो । बुधबार जिल्ला अदालत ललितपुरबाट उनलाई पुर्वक्षका लागि थुनामा पठाउने आदेश भएको ललितपुर प्रहरीका प्रवक्ता डीएसपी पवन गिरीले बताएको नयाँ पत्रिकामा खबर छ ।

माकइन्टोसले दुई बालकलाई अप्राकृतिक मैथुन गरेको अनुसन्धानबाट खुलेको छ । अरु बालक पनि पीडित हुन सक्ने र अनुसन्धान जारी रहेको डीएसपी गिरीले बताए ।

पुल्चोकस्थित क्याफे ब्राजिल गेस्ट हाउसमा बस्दै आएका म्याकइन्टोसले विभिन्न प्रलोभव देखाएर बालकहरुलाई आफ्नो कोठामा लैजाने अप्राकृतिक मैथुन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment