+
+
Shares

व्रिटेन र अमेरिकाले आतंकवाद विरुद्ध लड्न संयुक्त कार्यदल बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ३ गते ७:४३

३ माघ, काठमाडौं । व्रिटेन र अमेरिका आतंकवाद विरुद्ध लड्ने उपाय खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका छन् ।

दुबै देशका अधिकारी सम्मिलित कार्यदलले ६ महिना भित्र सुझाव प्रतिवेदन बुझाउने छ । सोही सुझाव अनुसार रणनीति तयार पारेर आतंकवाद विरुद्ध लड्ने दुई देशबीच सहमति भएको छ । ह्वाइट हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्टपति बाराक ओबामा र बि्रटेनका प्रधानमन्त्री डेभिड क्यामरुनले एक अर्कालाई एकदमै मिल्ने साथीको संज्ञा दिँदै मिलेर आतंकवादको सामना गर्ने बताए ।

क्यामरुनले स्लामिक स्टेट विरुद्ध जमिनबाट लड्दै आएका सैनिकहरुलाई सघाउन अधिकमात्रामा चालकरहित विमान परिचालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?