Comments Add Comment

ओस्कार अवार्डको मनोनयन सार्वजनिक

awards
लसएन्जल्स । विश्वकै प्रतिष्ठित फिल्म अवार्ड मानिने ओस्कार अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ ।

८७ औं ओस्कार अवार्ड श्रृङ्खलामा ‘बर्डम्यान’ सबै भन्दा धेरै नौ विधामा मनोनयनमा परेको छ । सर्वोत्कृष्ट अभिनेता, निर्देशक, फिल्म लगायत नौ विधामा मनोनयनमा पर्न सफल भएको हो ।

उक्त फिल्मका नायक माइकल किटनले गोल्डेन ग्लोब अवार्डमा सर्वोत्कृष्ट नायकको उपाधि जितेका थिए ।

‘द इमिटेशन गेम र बाँयहुड’ पनि सर्वोत्कृष्ट फिल्म र निर्देशक विधामा प्रतिस्पर्धा गर्दै मनोनयनमा पर्न सफल भएका छन् । ‘द ग्रयाण्ड बुढापेष्ट होटल र व्हिपलेश’ पनि ६ वटा विधामा मनोनयनमा परेको छ ।

‘द थ्योरी अफ एभ्रीथिंङ र सोल्मा सर्वोत्कृष्ट निर्देशकसहित पाँच विधामा मनोनयनमा पर्न सफल भएको छ ।

सर्वोत्कृष्ट हिरोइनको दौडमा रोसोमण्ड पाइक, जूलियान मुर, फेलिसिटी जोन्स, र रोस वीदरस्पोन मनोनयनमा पर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment