Comments Add Comment

आइतबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट आइतबार प्रकाशित भएका आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुमा माछामा नेपाल आत्मनिर्भर बन्दै, विराटनगरमा पहिलो पाँचतारे होटल, नेपाल-भारत संयुक्त अध्ययन टोली बन्ने, आर्थिक वृद्धिले लक्ष्य भेटाउन मुस्किल लगायतका खबर प्रकाशित छन् ।

कारोबार दैनिकमा विराटनगरमा पहिलो पाँचतारे होटल, करोड असुलेर नक्कली म्यानपावर बन्द, नर्सका आँखा विदेशतिर, मारवाडी-नेवार ब्यवसायी जोड्ने सेतु रहेनन्, मध्यमस्र्याङ्दी दुई साता बन्द हुँदै, औद्योगिक क्षेत्रमा जग्गा ओगट्नेलाई एक महिने अल्टिमेटम लगायतका खबर छन् ।

नागरिक दैनिकमा नेपाल-भारत ब्यापार बदलिँदै, माछामा नेपाल आत्मनिर्भर हुँदै, पोखरामा बसपार्कको जग्गा किनबेच, एमआरपी फारम भर्दा बढी असुली, भोटेकोसी केन्द्रीय प्रसारणमा जोडियो, सिभिकले हकप्रद दिने लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा विमानस्थल विस्तारमा ढिलाइ, नेपाल-भारत संयुक्त अध्ययन टोली बन्ने, चेम्बर अभियन्ता श्रेष्ठको निधन, जुनारबाट जुस उत्पादन, नेप्से १३ अंकले वृद्धि, माछामा दश वर्षभित्र आत्मनिर्भर बन्ने तयारी लगायतका खबर छन् ।

आर्थिक दैनिकमा फेरि पनि आर्थिक वृद्धिदरले लक्ष्य भेट्टाउँन मुस्किल, होटेलको आम्दानी साधारणसभाबाट पास नगराई राणाको पारिवारिक मोजमस्तीमा वाषिर्क आठ करोड खर्च, शाक्यद्वारा साढे तीन करोड अमेरिकी डलर अपचलन, सम्पत्ति अभिलेखीकरण तत्काल कार्यान्वयन गर्न आग्रह, २५ जिल्लाका ब्यवसायी माछामेलामा सहभागी हुने लगायतका खबर छन् ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment