Comments Add Comment

स्वान्सीको पोष्टमा चेल्सीको पाँच गोल

Oscar and Diego costa

४ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीले पाँच अंकको अग्रता कायम गरेको छ ।

शनिबार राति भएको खेलमा स्वान्सीलाई ५–० गोल अन्तरले पराजित गर्दै चेल्सीले म्याचेष्टरसिटीसँगको अंक दुरी बढाएको हो । चेल्सीको २२ खेलबाट ५२ अंक भएको छ भने सिटीको ४७ अंक छ । यद्यपि उसले एक खेल कम खेलेको छ ।

स्वान्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ४९ सेकेण्डमा नै ओस्कारको गोलबाट अग्रता लिएको थियो ।

२० औं मिनेटमा डिएगो कोस्टाले अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गर्दा चेल्सीले ३–० को अग्रता लियो ।

त्यसको दुई मिनेटभित्रै ओस्कारले पनि व्यक्तिगत दोस्रो गोल गरे । उनले कोष्टाको पासमा गोल गरेका हुन् ।

खेलको ७५ औं मिनेटमा विलियनको स्थानमा आन्द्रे शुर्ले मैदान प्रवेश गरे । मैदान प्रवेश गरेको चार मिनेटमा नै उनले गोल गरे गरेपछि चेल्सी स्वान्सीमाथि ५–० को जित निकाल्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment