मुम्बई । अभिनेता सलमान खानको ट्वीटर फलोअर्सको संख्या एक करोड पुगेको छ । अब ट्वीटरमा करोड बढी फलोअर्सको सूचीमा पर्ने बलिउड कलाकार तीन जना भएका छन् ।
यसअघि अमिताभ बच्चन र शाहरुख खानका फलोअरर्स करोड बढी थिए । सलमान पनि ट्वीटरमा सक्रिय भइरहने कलाकारका रुपमा चिनिन्छन् ।
उनले आफ्नो जीवनसँग जोडिएका धेरै कुरा ट्वीटर मार्फत सार्वजनिक गर्दै आएका छन् । अहिले कबीर खानको फिल्म ‘बजरंगी भाईजान’ को सुटिङ ब्यस्त छन् सलमान ।
ट्वीटरमा एक सय फलोअर्स बनाउने पहिलो बलिउड कलाकार अभिताभ बच्चन थिए भने, दोस्रो स्थानमा रहेका थिए शाहरुख खान । सलमान खान तेस्रो कलाकार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4