Comments Add Comment

माघ ८ कटाउने एमाओवादी मोर्चाको अनौठो काइदा !

sambhidhan sabha
४ माघ, काठमाडौं । एमाओवादी नेतृत्वको मोर्चाले जसरी पनि माघ ८ कटाउने ढंगले भएभरका सबै सभासदलाई भाषण गर्न लगाएपछि संविधानसभा बैठक पट्यारलाग्दो हुन थालेको छ । विपक्षीले बोलेर समय गुजार्न थालेपछि सत्ता पक्षका अधिकांश सभासद चौरमा घाम ताप्न निस्किएका छन् ।

संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमाथि एमाओवादी तथा मधेसी मोर्चा आवद्ध सबै सभासदले आफ्नो धारणा राख्न नाम टिपाएका छन् । कांग्रेस एमालेलगायत १० दलका सभासदले भने प्रतिवेदनमाथि छलफल गर्न नाम टिपाएका छैनन् ।

जसरी पनि माघ ८ कटाउने नियतले विपक्षी मोर्चाका सबै सभासदले बोल्नका लागि नाम टिपाएपछि संविधानसभामा सुन्ने भन्दा बोल्ने सभासदमात्रै देखिन थालेका छन् । संविधानसभामा एमाओवादी मोर्चा आवद्ध १९ दलका १ सय ५० सभासद छन् । प्रायः सबैले बोल्नका लागि नाम टिपाएका छन् ।

नियतवश सबैले नाम टिपाएर समय लम्ब्याउन खोजेपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आइतबार बिहान साढे ८ बजेदेखि नै बैठक बोलाएका हुन् । बोल्न चाहने सबैलाई समय दिने तर रातिसम्म लगाएर भए पनि आइतबारै छलफल टुंग्याउने तयारी संविधानसभा सचिवालयको छ ।

संविधानसभामा पट्यारलाग्दो बहस चलिरहेकोमा सभासदहरुले व्यंग्य गरेका छन् । ‘मध्यरातसम्म पनि बोल्न दिनुपर्छ, कहिल्यै बोल्न नपाएकाले बल्ल पाएका छन्’ एक एमाले सभासदले भने ।

सत्तापक्षका सभासद घाम ताप्न निस्किए

कांग्रेस, एमालेलगायत १० दलका सभासदहरु संविधानसभा बाहिर चौरमा घाम तापेर बसिरहेका छन् । एमाओवादी मोर्चा आबद्ध दलका सभासदहरु पनि आफ्नो पालोमा बोल्दै बाहिरिँदै गरिरहेका छन् ।

संविधानसभामा कुनै गम्भीर बहस हुनुभन्दा पनि मोर्चा आबद्ध दलका ‘लो प्रोफाइल’ सभासदहरुले एकोहोरो आरोप लगाएर भाषण गरिरहेको सत्तापक्षका सभासदको गुनासो छ । विपक्षीको आरोप सुन्न सत्ता पक्षका सभासदहरु भने बैठकमा फाट्टफुट्टमात्रै आउने जाने गरिरहेका छन् ।

सभासदको कित्ताकाट दुःखदः महरा

आइतबारको बैठकमा पहिलो वक्ताका रुपमा भाग लिँदै एनेकपा माओवादीका महासचिव एवम सभासद् कृष्णबहादुर महराले प्रकृया र सहमतिको पक्षमा सभासदहरु दुई कित्तामा बिभाजित हुनु दुःखद रहेको बताए ।

krishna bahadur maharaनेपाली कांग्रेस र नेकपा एमालेले लोकतन्त्रका लागि लड्ने र योगदान दिने काम गरे पनि प्राप्त उपलब्धिलाई बचाउन भने नसकेको विगतको घटनाक्रमको फेहरिस्त प्रस्तुत गर्दै महराले १० बर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धिलाई स्थापित गर्न नयाँ संविधान बनाउन अहिले राजनीतिक दलका लागि गम्भीर चुनौती रहेको बताए ।

कांग्रेस र एमालेकै कारण लोकतन्त्र गुम्न सक्ने चेतावनी दिँदै सभासद महराले सत्तापक्ष दललाई एकपटक पनि गम्भीर भएर सहमतिको मार्गमा आउन सुझाव दिए ।

संविधान जारी गर्नको लागि तोकिएको माघ ८ गते आउन अब चारदिनमात्र बाकी भएकाले यो अवधिमा संविधान जारी हुन नसक्ने बताउँदै महराले यो अवधिमा जारी गर्न खोज्नु भनेको जबरजस्ती गर्न खोज्नु मात्र हो भने ।

याे पनि पढ्नुस्

मुस्लिम सभासदले महाभारतको कथा सुनाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment