+
+
Shares

बिवाहको सिजनसँगै सुनको भाउ बढ्यो, तोलाको ५३ हजार ८ सय

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते १२:२२

Gold४ माघ काठमाडौं । बिबाहको सिजन सुरु भएसँगै सुनको भाउ उल्लेख्य बढेको छ । पछिल्ला ३ दिनमा सुनको भाउ १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार एकैदिन तोलामा पाँच सय रुपैयाँले बढेर ५३ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबा तोलामा ११ सय रुपैयाँले बढेको थियो ।

पुस महिनाभर सुन ५१ हजारदेखि ५२ हजार रुपैयाँको वरीपरिमा कारोबार भएको सुन माघ लाग्नेवित्तीकै ५३ हजार पुगेको हो । माघ महिना बिबाहको सिजन हो ।

आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर ७ सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?