Comments Add Comment

माघ ८ पछि संविधानसभा कब्जा गर्ने कमल थापाको घोषणा

Kamal-Thapa४ माघ, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माघ ८ गते संविधान जारी नभए माघ ९ गते संविधानसभा कब्जा गर्ने घोषणा गरेको छ ।

नयाँ बन्ने संविधानमा सनातन हिन्दु राष्ट्र कायम गर्न माग गर्दै आइतबार राजधानीमा गरेको धर्ना कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले माघ ८ गते संविधान नबनेको विरोधमा माघ ९ गते देशब्यापी विरोध प्रदर्शन तथा र्‍याली र जनसभा गर्ने घोषणा गरेका हुन् ।

‘माघ ९ गते हामी यो सीमामा बाँधिएर बस्दैनौं,’ थापाले आइतबार नयाँ बानेश्वरमा भने, ‘प्रहरीको घेरा तोडेर त्यो (संविधानसभा) ठाउँसम्म पुग्छौं ।’

संविधान बनाउन नसकेको भन्दै नेताहरुलाई सोही दिन असक्षम घोषणा गरिने र धेरैको पुत्ला जलाउने थापाले बताए ।

नेताहरुको भीष्म प्रतिज्ञा कता हरायो ?

नयाँ बानेश्वरको मूल सडकमा कब्जा जमाएर प्रदर्शन गरेका कार्यकर्तालाई ट्रकमाथि चढेर भाषण गरेका थापाले लोकतन्त्रवादी भन्ने दलहरुले जनतामाथि बेइमानी गरेको आरोप लगाए ।

‘नेताहरुले ६ महिनामा संविधानसभाको मस्यौदा दिने र एक वर्षमा संविधान दिने प्रतिवद्धता मात्र होइन, भीष्म प्रतिज्ञा गरेका थिए,’ थापाले भने, ‘त्यो आफैले गरेको प्रतिवद्धता पूरा नगर्नु जनताविरुद्धको बेइमानी र धोका हो ।’

जनयुद्धका नाममा १० वर्ष र शान्ति प्रक्रियाका ९ वर्ष त्यसै खेर फाल्ने काम भएको भन्दै थापाले संविधान बनाउन नसक्नुका साथै सिंगो राष्ट्रलाई नै असफल बनाएको आरोप लगाए ।

‘संविधान बन्न नसक्नुमा संविधानसभालाई पनि दोष दिन चाहन्न,’ थापाले भने, ‘केही सीमित एक दर्जन नेताहरुको कारण मुलुकले संविधान पाउन सकेन ।’

धर्म निरपेक्षता र जातीय राज्य दिने नाममा धार्मिक तथा जातीय द्वन्द्वको विजारोपण गर्ने काम भएको थापाको आरोप थियो ।

सभाअघि बबरमहलबाट निकालिएको र्‍याली नयाँबानेश्वर चोकमा पुग्दा प्रहरीले लाठिचार्ज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment