Comments Add Comment

विद्युतमा क्रान्ति ल्याउने काम भइरहेको छ : अर्थमन्त्री

Dr. Ramsharan mahat४ माघ कठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले विद्युत क्षेत्रको विकासमा क्रान्ति ल्याउने काम भएको बताएका छन । मञ्जुश्री शताब्दी २८५१औं सोनामा ल्होसारको उपलक्ष्यमा धादिङमा आयोजित कार्यक्रममा महतले यस्तो बताएका हुन ।

छिटो संबिधान बनाएर आर्थिक समृद्धिको बाटो लाग्नु पर्नेमा उनले जोड दिए । ‘समृद्धिको आधार हामीलाई भूगोलले नै दिएको छ । बिद्युतमा ठूलो क्रान्ति ल्याउनेगरी कामहरु भैरहेका छन’ मन्त्री महले भने- ‘विद्युतसँगै कृषि पर्यटन र पूर्वाधारको विकासलाई तीब्रता दिई सरकार आर्थिक समृद्धिको मार्गमा अगाडि बढिसकेको छ ।’

चीनको सीमा जोडिएको रि र लापा गाविसको भूगोल रणनीतिक महत्वको भएको भएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले स्थानीय जनताको माग बमोजिम आगामी बर्षको बजेटमा यी दुबै गाविसमा मोटरबाटो पुर्‍याइने आश्वासन दिए । चालु आर्थिक बर्षको बजेटमा तिप्लिङ र साकोस गाविसमा मोटरबाटो पुर्‍याउने कार्यक्रम राखिएको उनले जानकारी दिए ।

Dhading Programme Arthamantri‘जिल्लाका सबै गाविसमा मोटरबाटो पुग्नेछ, अव यहाँका जनताले पछाडि पर्‍यौं भन्नुपर्दैन ।’ उनले भने ।

सो अवसमा मन्त्री महतले सहमति नभए प्रक्रियामा गएर दुईतिहाई बहुमतले पारित गरी संबिधान छिटो जारी गर्ने बताए । जनताको अभिमत सबैभन्दा शक्तिशाली हुने भन्दै उनले संबिधानसभामा व्यक्त मतको आधारमा संबिधान बन्नुपर्नेमा जोड दिए ।

‘अल्पमतको बन्धक हुनु हुँदैन । दलहरुको घोषणापत्रका आधारमा जनताले भोट दिएका छन । ४ सय १३ जना सभासदले हस्ताक्षर गरेर प्रक्रियामा जान सुझाएका छन ।’ उनभले भने- ‘सरकारमा रहेका सदस्यहरुको समेत हिसाव गर्दा ४ सय ७० जना सभासदहरु प्रक्रियामा जान तयार छन । तर, करिब सयको संख्यामा रहेका दलहरुले संबिधानसभालाई बन्धक बनाउन खोजेका छन ।’

प्रशासनिक हिसावले धान्न सक्ने, विभिन्न जात, जाति र धर्म लगायत सम्पूर्ण जनताको अधिकारको सुरक्षा हुने गरी संबिधान बन्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment