Comments Add Comment

सात गतेदेखि हेटौँडा औद्योगिक व्यापार मेला

५ माघ काठमाडौं । यही माघ ७ गतेदेखि हेटौँडामा निमार्ण तथा औद्योगिक व्यापार मेला हुने भएको छ । निमार्ण व्यवसायी संघको र औद्योगिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा हुने मेलामा विषेश गरि निमार्ण तथा औद्योगिक वस्तुहरु प्रर्दशनीमा राखिने भएको छ ।

निमार्ण व्यवसायी संघका निर्वतमान अध्यक्ष्य जयराम लामिछानेले जिल्लाको आर्थिक विकास र लगानीका अवसरहरु जुटोस भन्ने अभिप्रायाका साथ मेला आयोजना गर्न लागेको बताए ।

निमार्ण एवं पुर्वाधार संग जोडिएका प्रविधि र सामाग्रीहरुको प्रर्दशनी मुल उद्देश्यका रहेकाले मेला उपत्यका बाहिर नौलो हुने उनले बताए । १० दिनसम्म चल्ने मेलामा निमार्ण एवम पुर्वाधार संग जोडिएका प्रविधिक सामाग्रीहरुको, आद्योगिक उत्पादन , घरेलु तथा हस्तकला सामाग्री, सुचना तथा प्रविधि लगाएतका सामाग्रीहरुको स्टलहरु रहने छन् ।

त्यसैगरी, बाल मनोरञ्जनका लागी बाल उद्यान र राष्ट्रिय कलाकारहरुको सहभागीता रहने आयोजकले बताएका छन् ।

हेटौँडा आइडलको समेत आयोजना गर्ने स्थानीय उत्पादन लाई प्राथमिकता दिनुका साथै यस संघले कृषि प्रर्दशन समेत गरी ३ सय ३० ओटा स्टलहरु रहने आयोजकले बताएको छ । मेलाले मकवानपुरको पर्यटन प्रर्वद्धनमासमेत टेवा पुग्ने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment