Comments Add Comment

देश बाहिरीनेभन्दा भित्रिने रकम साढे २३ अर्ब बढी

५ माघ, काठमाडौं । देश बाहिरीनेभन्दा भित्रिने रकम साढे २३ अर्ब रुपैयाँले बढी छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर महिनामा देशबाट बाहिरीनेभन्दा भित्रिने रकम (भुक्तानी सन्तुलन अर्थात शोधनान्तर) २३ अर्ब ३५ करोड रुपैयाँले धनात्मक छ ।

nepali-noteजबकी गत आर्थिक वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २ करोड रुपैयाँले धनात्मक थियो ।

अघिल्ला महिनाहरुसम्म घाटामा रहेको चालू खाता समीक्षा मंसिर महिनामा ३ अर्ब ६१ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आवको मंसिर महिनामा चालू खाता ५० अर्ब ३५ करोड रुपैयाँले बचतमा थियो ।

वस्तु तथा सेवा आयात उच्च दरले बढ्नु, अनुदान रकम घट्नु र विप्रेषण आप्रवाह न्यून दरले बढ्नुलगायतका कारणले यो मंसिरमा चालू खाता न्यून मात्रै बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

मंसिर महिनामा अमेरिकी डलरमा शोधनान्तर बचत २३ करोड ५१ लाख डलर रहेको छ भने चालू खाता बचत ३ करोड ४७ लाख डलर रहेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर बचत ६८ करोड ४३ लाख डलर र चालू खाता बचत ५० करोड ६१ लाख डलर रहेको थियो ।

गत वर्षको मंसिरमा २१.३ प्रतिशतले बढेको एफओबी मूल्यमा आधारित वस्तु व्यापार घाटा यो मंसिरमा २१.१ प्रतिशतले बढेर २ खर्ब ७० अर्ब १५ करोड पुगेको छ । त्यस्तै, यो मंसिरमा खुद सेवा खाता ५ अर्ब ३१ करोडले बचतमा रहेको छ । गत वर्षको यसै अवधिमा यस्तो खाता ७ अर्ब ६ करोडले बचतमा थियो ।

यो मंसिरमा रेमिटान्स आप्रवाह २.७ प्रतिशतले मात्रै बढेको छ । गत वर्षको यसै अवधिमा रेमिटान्स आप्रवाह ३५.३ प्रतिशतले बढेको थियो ।
चालू आवको पाँच महिनामा २ खर्ब २७ अर्ब २० करोड रुपैयाँ रेमिटान्स प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा रेमिटान्स आय ४.३ प्रतिशतले बढेर २ अर्ब ३२ करोड डलर पुगेको छ । गत वर्षको मंसिरमा यस्तो रेमिटान्स १८.७ प्रतिशतले बढेको थियो । मासिकरुपमा हेर्दा विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको कार्तिक महिनाको तुलनामा मङ्सिर महिनामा १.५ प्रतिशतले बढेको छ ।

त्यसैगरी, चालू आवको पाँच महिनामा वित्तीय खाता अन्तर्गत ९४ करोड ५६ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment