Comments Add Comment

ग्राण्डी हस्पिटलले पायो विदेशी लगानीको स्वीकृति

grandy-international--hospital-

५ माघ, काठमाडौं । राजधानीको धापासीमा सञ्चालित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा विदेशी लगानी गर्न स्वीकृति पाएको छ । उद्योगमन्त्री महेश बस्नेतको अध्यक्षतामा सोमबार बसेको औद्योगिक प्रवर्द्धन बोर्डको बैठकले विदेशी लगानीका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको पनि लगानी रहेको छ ।

बैठकले अविकसित क्षेत्रमा स्थापना भएका उद्योगहरुलाई विद्युत महसुलमा ३ बर्षका लागि ७० प्रतिशत छुट दिने निर्णय गरेको छ । रोल्पा सिमेन्ट उद्योगमा सञ्चालनमा आएको ३ बर्षसम्मका लागि ७० प्रतिशत छुट उपलब्ध गराउन अर्थमन्त्रालयलाई सिफारिस गर्ने समेत निर्णय गरेको बताइएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ र १६ मा व्यवस्था भएबमोजिम उद्योगहरुलाई दिइने भनिएका सुविधा तथा सहुलियतहरु दर्ता भएका उद्योगहरुलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भयो ।
नयाँ नगरपालिकामा उद्योग खोल्नका लागि अनुमति प्रदान गर्न, उद्योग दर्ता गर्न, दर्ता भएका उद्योगहरुको पूँजी तथा क्षमता वृद्धि, उद्देश्य थप, विद्युत क्षमता थप, ठाउँसारी गर्न एवं विदेशी लगानी स्वीकृत गर्न सम्बन्धित विभागहरुलाई निर्देशन दिने निर्णय गरिएको छ ।
त्यसैगरि, तिला कर्णाली हाइड्रोइलेक्ट्रीकल कम्पनीको पुँजी बृद्धि गर्न स्वीकृति दिने, पुरानो प्रविधिका इट्टा उद्योगहरु आधुनिक प्रविधिमा रुपान्तरण गर्ने सम्बन्धमा समय सीमा अन्तिम पटकका लागि फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको बताइएको छ ।
एक बर्षदेखि सञ्चालित भुसे इट्टालाई २०६३ चैत मसान्तभित्र दर्ताको समय दिएर नयाँ प्रविधिमा रुपान्तरण गर्ने र जुटमिलका सम्बन्धमा प्रतिइकाइ उत्पादनमा विद्युत खपतको मुल्याङ्कन गरि विद्युत महशुलमा छुट दिन अर्थ र उर्जा मन्त्रालय समक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा, उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई, उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपाने, अर्थमन्त्रालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका प्रतिनिधि, बोर्डका सदस्य र विभिन्न क्षेत्रका सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment